परिवर्तन हुँदै

Author : पवित्रा राई
Published on : July 24, 2011


  
पवित्रा राई

वर्षहरूमा सँधै रुमलीन्दै

घण्टौं घण्टा समय हिँडिरहन्छ

सेकेन्ड र मिनेटहरूमा घुम्दै

वर्षरु सँधै बिति रहन्छ,

 

दिन हप्ता र महिनाहरूमा टुक्रिन्दै

हिजो आज भोली र पर्सिहरू बित्छ

महिना र वर्षरुमा परिणत हुँदै

बस्नुछ यहाँ हजारौं आजहरूलाई

हिजोको शब्दहरूमा फेर्दै,

 

आजका यि पाईलाहरू मेटिन्दै जान्छ

हिजो अस्तिमा बदलिन्दै

भोलि पर्सिहरूसँगै केवल

स्मृतिमा परिर्वतन हुँदै,

 

निरन्तर निरन्तर हिँडि नै रहन्छ

यि समयहरू पोहोर पराहार हुँदै

नयाँ वर्षहरूमा फेरिएर

पुरानो वर्षहरूमा सँधै टाढिन्दै,

 

खुसीयाली छरी दिन्छ

आई दिन्छ नौलो समयहरू रमाउँदै

जान्छ फेरी नर्फिने गरी

अतितहरूमा मिसिन्दै,

 

यो आउने र जाने समयलाई

रोक्न सकिन्न कसैले

छोड्नै पर्छ आजको समय

हिजो भन्दै खुसी यो मनले,

 

रोकेर राख्नु मिल्ने भए धेरै आजहरू

रोकिन्थ्यो सबैले

हिजोको आजहरू फर्काएर

वर्तमान बनाईन्थ्यो खुसीले,

 

राखिन्थ्यो समयहरूलाई

पक्रिएर आफ्नै हातहरूले

कहिले पनि नछोड्ने गरी

- आफ्नै खुसीले ।