बाटो

Author : काङमाङ नरेश
Published on : July 21, 2011


  
काङमाङ नरेश

हिउँद

छिप्पीएर

आलो जाडो

सहनुको पनि सिमा हुन्छ,

 

चौँरी गोठहरू

हिमालको काखतिर

झरी सकेर

पाइलाका डामहरू, डोवहरू

हिउामाथी छाड्दै गोठालाहरू

भौगोलीक तातो फुलहरू खोज्न

निर्दोष फूल टिप्न

थकाइको गन्धहरू सुँग्दै सुँग्दै

बाटै बाटो कति हिँडे होलान्

 

संजीवनी

मिचिलिम्मा-

फूलहरूको गोह खोज्न

जीवन खोज्न

हिउँको ढुकुटी कोट्याउदै

आदीवासी पहाडको

शिर टेक्दै

आदीम मन वोकेर

बाटै बाटो हिँडे होलान्

 

यता जाऊ की उत्ता जाऊ ?

कत्ता जाऊ, कता जाऊ

हिउँले पुरीएका बाटाहरू

देखीन्दैन्

अटस्, मटस्

उकुस, मुकुस

निसासिंदो भारी वोकेर

बाटो, अब कुन बाटो जाने ?

 

 

फोक्स्टोन यूके,