गीत

Author : हिमकला राई
Published on : July 01, 2011


  
हिमकला राई

सलाम छ इन्द्र बहादुर राई नेपाली माटोको

बधाई अनि शुभकामना नेपालीहरूको

 

समाई कलम कापीमा मन सरसरी कोर्नुभो

भराई कापी बनाई किताब संसारभर छर्नुभो

युग-युग सम्म बचाउानु भयो अस्तित्व हजुरको

बधाई अनि शुभकामना नेपालीहरूको,

 

सबैले भन्छन् धन भन्दा ठूलो कलम हुन्छ रे

कलमले लेखे जीउ मरे पनि कृति त बाँच्छ रे

कोरीरहनु कलमले सँधै इतिहास पुर्खाको

बधाई अनि शुभकामना नेपालीहरूको 

 

घर-आँगन छाडी सात खोला तरी पुग्नुभो पराई ठाउँ

जहाँ गए पनि नभुल्नु कहिले पुर्खा र आफ्नो गाउँ

देशभक्त बनी मन खुशी राख्नु नेपाली आमाको

बधाई अनि शुभकामना नेपालीहरूको