गीत

Author : कृष्णकला वनेम
Published on : July 01, 2011


  
कृष्णकला वनेम

जन्मियौ सृष्टिकी परी भै, फेवाताल तिमी

वर्णन गर्छन् सन्सारले, नाम तिम्रो सुनि ।

 

तिमीलाई हेरी मुस्कुराउँछ, माछापुछ्रे हिमाल

वरीपरी डाँडाकाँडा फुल्छ, चाप,  गुराँस, चिमल

छाती भित्र मुटु तिम्रो, विन्ध्याबाशिनी मन्दिर

तिम्रै शरण परु लाग्छ, तोडी सारा जन्जिर

जन्मियौ......

 

हरीयाली पहाडमा, फिजाई रहेछौ पङ्ख विशाल

विश्वलाई मोहित पार्ने, तिमी एउटा निशान

तिम्रो शिरमा सजिदिँदा ईन्द्रेणीको ताज

लुक्छ आकाश बादलुमा तिमीलाई मानी लाज

जन्मियौ......