प्रतिबिम्ब Author : बैद्यनाथ उपाध्याय Published on : May 16, 2011 |
||||||
मरूभूमि जस्तो अतृप्तता छ जीवनमा कुनै चीजले पनि तृप्त गराउन सक्दैन ! जानी-जानीकन भिडिएको छु सूर्योदय देखि सूर्यास्तसम्मको दौडमा म र मेरो रंग पोतेर उज्ज्याला अनुहारभरि केवल आफ्नो तस्वीर हेर्न चाहने म मान्छे ! म चाहन्छु मेरो समयमा आफ्नै अनुहारको बिम्ब उत्रियोस मेरो क्यानभासमा पीडाको ध्वाँसो खनिएर धमिलिएको यो समय चाहनाहरूको रंग पोखिएर छताछुल्ल छ यो रात असमन्जसमा छु मैले उतार्न चाहेको त्यो प्रतिबिम्ब कुन होर ! |