गुरुजी ! Author : हाङयुग अज्ञात Published on : April 29, 2011 |
||||||
चगुरुजी ! म जान्न युद्धभूमि गोरा साहेबलाई भनिदिनुस् मेरा नाबालक छोराछोरी छन् एक तरुनी बुढी छ, कपालमा हिउँ झरेको अनुहारमा रेखाहरू कोरिएको बाबाआमा छन् म एक्लो छोरा गुरुजी म जान्न युद्धभूमि गोरा साहेबलाई भनिदिनुस् ! मलाई थाहा छ गुरुजी म नै मारिन्छु युद्धमा किनभने म मान्छे मार्न सक्दिनँ, विपक्षी योद्धाले मैले जस्तो सोच्दैन मेरो निधारमा छातीमा ठ्याक्.. ठ्याक्.. ठ्याक्.. हान्छ गोली भोकदेखि बाँच्नका लागि भर्ती भएको हुँ गुरुजी मान्छे मार्न कहाँ सक्छु म ? युद्धमा न कुनै आतंकवादी मारिन्छन् न कुनै विद्रोही युद्धमा न कुनै मानवता विरोधी मारिन्छन् न कुनै सैतान मारिनेहरू त गुरुजी तपाईं र मजस्तै हुन्छन् निक्खर मान्छेहरू हाम्रोजस्तै कथा हुन्छन् प्रतेक ऊनीहरूको तेसो र गुरुजी म जाँदै जान्न युद्धभूमि बरु फर्किन्छु आफ्नै देश ! गोरा साहेबलाई भनिदिनुस् युद्धमा एकजना सिपाही मर्दा ऊसितै मर्छन् अरु धेरै र बाँचुन्जेल मरिरहन्छन् घरपरिवार गोरा साहेबलाई भनिदिनुस् युद्धले कुनै पनि समस्या हल गर्दैन बरु झन् विकराल समस्या उत्पन्न गर्दछ र विश्वमा अशान्ति मच्चाइरहन्छ प्रतेक दिन गोरा साहेबलाई भनिदिनुस् बिस्कुट र युद्धमा फरक छ विस्की र युद्धमा समानता छैन गल्फ र युद्धमा पनि भिन्नता छ ! गोरा साहेबलाई भनिदिनुस् मलाई विक्रम भवनसम्म छोडियोस् तेसपछि म लाग्छु शान्तिभूमिको बाटो पुरानो बानेश्वर शान्तिनगर बरु बाल्छु आफ्नै देशमा टायर ! |