यात्रा Author : बैद्यनाथ उपाध्याय Published on : April 18, 2011 |
||||||
हिंडदै जाँदा जीवनको गोरेटोमा अघिल्लो पाइला जमीनमा पर्ने हो कि कुनै खाडलमा कसले भन्न सक्छ? बनाएको बाटो जीवनमा सबलाई कहाँ नसीब हुन्छ र ! नाला, कान्ला, झार-जंगल जे आऊँछ अगाडि काँडाले रक्ताम्य पाइला अघि सार्दै हिंडनै पर्छ ! पीडाको भारी बोकेर पिठ्यूँमा धेरै भयो हिंडेको यो यात्रामा कहाँ भेटिएला बिसौनी सुर्यास्तको समय आएको छ पार गर्नु छ धेरै डाँडा र कान्लाहरु ! |