हरियाली देख्नै गाह्रो भो

Author : पवित्रा राई
Published on : April 13, 2011


  
पवित्रा राई

जीवन मेरो बगि जाने नदि रहेछ

रोक्नै गाह्रो भो

यतै बग्यो उतै बग्यो

छेक्नै सारो भो

 

जीवन मेरो उजाड पाखा रहेछ

हरियाली देख्नै गाह्रो भो

यतै उराठ उतै उराँ 

बसन्तमा मुनाहरू पलाउँनै सारो भो

 

जीवन मेरो खाली पेज नै रहेछ

लेख्नै गाह्रो भो

यतै खाली उतै खाली

मसिको साहारा पाउनै सारो भो

 

जीवन मेरो नफुलेको कोपिला नै रहेछ

फुल्नै गाह्रो भो

यतै चुड्यो उतै चुड्यो

फूल भई संसार हसाँउनै सारो भो

 

जीवन मेरो मरुभूमि  नै रहेछ

हरियाली भेट्न गाह्रो भो

ओंठै सुख्यो घाटी नै सुख्यो

प्यास मेट्नै  नपाईने भो

 

जीवन मेरो साउनको  झरी नै रहेछ

थाम्नै गाह्रो भो

यतै रुझ्यो उतै पनि रुझ्यो

ओतिने ठाउँ पाउँनै सारो भो

 

जीवन मेरो अन्धकार नै रहेछ

देख्नै गाह्रो भो

सबैतिर अन्धाकारै अन्धकार 

आँखा खोल्नै अप्ठयारो भो

 

जीवन मेरो यात्रा विहिन रहेछ

हिड्नै गाह्रो भो

जता ततै लथालिङ्गै बाटोहरू

गन्तव्यमा पुग्नै सारो भो

 

सेङ सुई हङकङ