ह्याप्पि भ्यालेन्टाईन डे Author : प्रकाश रोदुङ Published on : February 15, 2011 |
||||||
तिम्रो मायाको सागरमा तिम्रो निश्छल मन भावनामा म एक बैरागी बास पाएकोछु प्रिय, सागर हुनुको अस्तित्व निस्छल हुनुको कर्तब्य पाएर माया ममताको भारी छात कस्दैछु प्रिय, हृदय भित्रको उकुश-मुकुश बैशाली जवानीको तृष्ण जिन्दगीको कर्तब्य सबै तिमिबाट पाउँदै एक थुङ्गा गुलाफ फूल नतमस्तक भएर चढाउदैछु स्वीकारि देउ प्रिय, जिन्दगीको लामो सफरमा हरपल तिम्रो साथ यो मेरो विश्वास हो तर साँचो तिम्रै हातमाछ, खुला कितावको पाना हुँ चाहे जति हेर्न सक्छौ नचाहेजति च्यात्त सक्छौ आवश्यक्ता ठाने नोट गर्न सक्छौ आखिर खुल्ला हुनुको मर्म माया ममता नै सबै थोक अनि मात्र कर्म | |