मनोविज्ञानको शक्ति

Author : निर्भिक राई
Published on : February 03, 2011


  
निर्भिक राई

भगवानहरू सिर्फ प्रतीक हुनाले

सबै भगवानको रुप फरकफरक भएको

विश्वास लिए गुईठाले पनि वरदान दिने वा

भगवानको काम गर्ने

विश्वास नलिए स्वम्भुभित्रको

सिद्घार्थको मूर्ति वा पशुपतिभित्रको

शिवको मूर्तिले पनि आत्मबल वा वरदान नदिने

अर्थात भगवानको काम नगर्ने

विश्वास (मनोविज्ञान) भन्ने वस्तु

कत्ति शक्तिशाली र अनौंठो भएको !

भगवान विम्ब वा प्रतीक मात्र हुँदा

न कहिल्यै जन्मेको वा जन्मने 

न कहिल्यै मरेको वा मर्ने

कहिल्यै नजन्मेको भगवानहरू

मरेको भन्नु अपत्यारिलो भएको

तर प्रतीक, विम्ब वा उपमाको भगवानहरू

पटकपटक जन्मने र मर्ने

भगवानले संसार रच्ने काम सिर्फ

विम्ब, प्रतीक वा उपमा मात्र सम्भव भएको

विकासक्रममा संसार आफसेआफ उत्पत्ति भएको

विम्ब, प्रतीक वा उपमामा मात्र हुने भगवानहरूले

पाप, पक्षपात, घृणा वा अन्याय जे पनि गर्न सक्ने ।