काटे रगत रातै

Author : पवित्रा राई
Published on : January 10, 2011


  
पवित्रा राई

एकान्तमा बसी तड्पी तड्पी रुनै पर्छ नी

लाखौं लाख साहाराको शब्द सँधै पाए पनि

मर्दै बाँच्दै कति गह्रौ पराईको संसारमा नी

 

कति होला मनको पिडा अनि एक्लो पनको भोगाई

कस्तो विडम्बना कसैको आँसु कसैको चाहिँ रझाई

मर्दै बाँच्दै कति गह्रौ पराईको संसार छ यस्तै

 

मानव हेर्दा उस्तै लाग्छ काटे सबैको रगत रातै

मानवताको स्वरुप मात्र कस्तो व्यवहार बेग्लै

मर्दै बाँच्दै कति गह्रौ पराईको संसारमा एक्लै

      

तड्पाउँछन् अनि भोगाउँछन् जन्म कैदी जस्तै

जता हेर्यो उतै दुखाउँछ ढुंगाको हृदय जस्तै

मर्दै बाँच्दै कति गह्रौ पराईको संसरमा एक्लै

 

सत्य कुरा बोल्न धरी नपाउँनेको साथमा

कसो गरी जिउँने यहाँ बाँच्ने आधार बिना

मर्दै बाँच्दै कति गह्रौ पराईको संसरमा

 

हजार पटक कुरा गरे पनि सही कुरा हुन्छ एउटै

सत्य काम र व्यवहार गरे पनि आरोप लाग्छ झुटै

मर्दै बाँच्दै कति गह्रौ पराईको संसारमा एक्लै

 

डराएर कति बस्नु यहाँ जीवन बिताउँने जस्तै

दुःख पिडा मुटु भरी काडाँ सरी भिजाएर उस्तै

मर्दै बाँच्दै कति गह्रौ पराईको संसामा एक्लै ।