गजल

Author : बिष्णुनन्द चाम्लिङ
Published on : January 03, 2011


  
बिष्णुनन्द चाम्लिङ

सोधेँ प्रश्न सभासदलाई महाकालीको खबर

सुनाउँन थाल्यो उसले कान्छीसालीको खबर ।

 

घुसतन्त्रले देशको रङ्ग,उजाडियो नि भने,

सुनाउँन थाल्यो उसले दल्नेलालीको खबर ।

 

बगाएछन् बाटोघाटो पुलपुलेसा त भने,

सुनाउँन थाल्यो उसले भाषणतालीको खबर ।

 

दिनदुःखीका भाँडाकुँडा घैला फुटे'रे भने,

सुनाउँन थाल्यो उसले सुनाँथालीको खबर ।

 

नयाँनेपाल बनाउँने पुर्बाधार केहो सोधेँ,

सुनाउँन थाल्यो उसले हर्केमालीको खबर ।