लक्ष्यको खोजीमा

Author : धुस्वाँ सायमि
Published on : December 29, 2010


  
धुस्वाँ सायमि

लक्ष्यको खोजीमा

लागिपरेको म

अक्षर र शब्दहरूको भीडमा

भौंतारिइरहेको छु,

 

भावना

संकल्पसितै ब्युँझन्छ

चेतनाले

विचारको समुद्रमा

यसलाई काट्दछ,

 

साहस

निकै संयमका साथ आउँछ

साधना

आधार दिने नाउँमा

नपुंसक

बनाउँछ,

 

अब त

खोजी छ त मात्र खण्डहरूको

मुर्दाघर र मसानघाटहरूको

जहाँ गएर

आफ्नो लासलाई चिन्न सकूँ

संस्कार गर्न सकूँ

 

विफलताले

थकित र लज्जित पारी जीवनलाई

बिहानै एक बिहान

सुम्पिदिन्छ साझाको हातमा

हुँदाहुँदै पनि जिउँदो

मान्छेलाई मरेको ठान्न

गरिदिन्छ विवश,

 

क्रान्ति भनेको

हुँदो रहेछ मात्र इतिहासको