नेता

Author : प्रेम ओली
Published on : December 15, 2010


  
प्रेम ओली
टाकुन टुकन

नेताको भाषन

जनतालाई आश्वासन

आकाशको फल

आँखा तरी ढल।

 

नेपालका पार्टी

बिरालोका पाठी

यता उता साटी

खाएकाछन् ढाँटी।

 

यो देशको संबिधान

सभासदको हानाहान

धोती टोपी तानातान

इजत्त नै जाने बेला भो

लौ लगुटी बान ।

 

नेपालीको धन्दा

चन्दाको फन्दा

बन्दैछ झन गन्दा

ज्यानै जाने डर भो

दिदैन म भन्दा।

 

नेपाली धारो

गह्नाउने ठाँरो

कान्छीको भट्टिमा

ठाडो घाटी सलल।

 

हिमाली नदी

हुँदा नि बढी

लोडसेडिङ्ग चढी

मैन बत्ती झलल।

 

महङ्गिको पासो

जनतालाई नासो

सरकारी चासो

मन्त्रीको हाँसो

क्या मिठो गलल।