कफिसपको टेबल

Author : देबेन्द्र खेरेस
Published on : December 01, 2010


  
देबेन्द्र खेरेस

एभेन नदिको किनारमा

भिक्टोरियन क्याफे

नदिमा पानी बगेझै

क्याफेका ग्राहकहरू

आउँछ-जान्छ

पहिले आएकाहरू

कोहि आउँछ

कोहि आउँदैन

तर, त्यो पुरानो क्याफे

हिजो जहा थियो

आज पनि तेहि छ

क्याफेका मालिकहरू

बदली भइरहे पनि

कुर्सी

टेबल

, बेन्चहरू बद्ली भएको छैन

कफी

वियर

, विस्कीको स्वाद पनि उस्तै छ,

 

कुनै समय

त्यो क्याफेको

कुर्सीमा बसेर

सेक्सपियर

नाटकको रिहल्सर्स् गर्नै गर्दथ्यो

कुनै समय

त्यो टेबलको विस्कीले मातेर

चर्चिलले

युद्वको धम्कि दिएको थियो

, कुनै समय

तेहि बेन्चमा

ह्यारीपोटर लेखेर

जे के रोलिङले

पैसाको चाङ लगाएको थियो

तर

आज तेहा सेक्सपियर आउँदैन

चर्चिल आउँदैन

, जे के रोलीङ पनि

पैसाको कुम्लो बोकेर

अन्त कतै गइसकेको छ

अस्ति भरखरै मात्र

माइकल फे

र उसका साथिहरू

बिदा मनाइरहँदा

एक दर्जन वियरको झोंकमा

अफगानी पहाडहरूमा

तालीवानका झुप्राहरू

बमले उडाइदिएको

, एम्वुसमा बाँचेको

खुशीयाली बाडिरहेको थियो

तर, हिजो मात्र बी बी सी खबरमा

उनै माइकल फे को कफीन देखेर

अहिले म

त्यो कफिसोपलाई सम्झिरहेको छु

कुर्सी

टेबल

र बेन्चहरू सम्झिरहेको छु

, अरूलाई मार्न हिडेको

इङ्लीस हिरो

आफै मरिरहेको देखिरहेको छु ।

 

 

- हङकङेली नेपाली कविताको एक दशक सन्दर्भमा

   कविता अभियान ! !