यि हुस्सुहरूलाई.... Author : प्रेम ओली Published on : November 01, 2010 |
||||||
पारीलो घाम त्यो हुस्सुहरूले छेके पछि देशको भविष्य झन् अन्योल भयो कहिले कुहिरो भएर कहिले तुँवालो भएर यि हुस्सुहरूले आकाश टेके पछि देशको मुहार झन् अन्धकार भयो न बोटको माया न गोठको माया यि हुस्सुहरूले ढपक्क न्यानो घाम छेके पछि भिटमिन डिबाट जनता झन् बन्चित भयो अब यि हस्सुहरूलाई घर घरबाट राँको बाल्दै गाउँ गाउँबाट आगो फाल्दै भञ्ज्याङ कटाउनु पर्छ अगुल्टोले हान्दै नौ डाँडा कटाउनु पर्छ देशलाई छाँया पारेर हिउँले जस्तै जनताको रगत चुस्ने यि हुस्सुहरूलाई राँके जुलुसले नेटो कटाउनु पर्छ, मुग्लान पठाउनु पर्छ । |