नयाँ अबतरण Author : बज्र कुमार राई Published on : October 12, 2010 |
||||||
घाम झुल्किएर रगतको दहसम्म आइपुग्दा तातो बालुवाले छोप्छु भनेर समयको किरण केही जवान भाले-पोथीहरूले प्रेमको सुकोमल स्पर्समा संसर्गको स्वर्गादीत अनुभूति साटे। एक्कासी अनर्थको परिबर्तन आयो- आँधिहुरी भएर र,उडाई लग्यो- भूमरीभित्र कता हो कता ति समर्पणका जम्मै सपनाहरू कसैले देख्न पाएनन् स्खलित ज्वालामुखीको सकुशल जन्म। प्रश्न र वादविवादहरू एकोहोरो घोरीए असिमित तर्कबितर्कमा जन्माधिकारको पक्ष \विपक्षमा बारम्बार र बारम्बार। यसैबेला, एक हुल रुष्ट अनुयायीहरू निर्णायार्थ उठे \ जुटे फलत; मात्रित्वधिकार हार्यो र, दबाइयो स्नेह्को बलिदान। त्यही भ्रुण त्यही दिनबाट त्यो पापिष्ट स्म्रुतिबाट नितान्त एक्लो भयो रोयो \ करायो चिच्यायो \ धिकार्यो थुक्यो \ सराप्यो माटोमा निधार रगाड्यो र, भन्यो- "म रगत जस्तै रातो हुँ म प्रेम जस्तै सत्य हुँ म यौन जस्तै चाहनामुखि हुँ सदासदा।" एकदिन त्यही भ्रुण मन्दिरबाट श्रीराम भएर आयो गुम्बाबाट बुद्ध भएर आयो चर्चबाट यशु भएर आयो मस्जीतबाट अल्लाह भएर आयो युद्धभन्दा सीमाना र र भूगोलभन्दा फरक भएर आयो हिउँ,आगो,पानी र हावाभन्दा पनि फरक बेरंग,बेरुप भएर आयो र,शुरुवात गर्यो- मान्छेको जीवनभित्र पसेर मान्छेको श्वाशप्रश्वाश रोक्न।
|