गीत Author : सचित राई Published on : October 07, 2010 |
||||||
तिम्ले दे'को विश्वासमा आफैँ घात गर्यौ मेरो साँचो प्रीतिलाई बीचबाटै छाड्दियौ संसार अट्ने मेरो दिलमा तिमी अट्न सकेनौ बसाऊ अन्तै सुखी जीवन मसँग त बसाएनौ सागर जत्रो मेरो मनलाई थोपा जत्रो ठान्यौ पारि तार्छु भन्दै लग्यो मझधारमै छाड्दियौ तिम्रो मेरो भेट अब त लाग्न थाल्यो सपना हो सँगै जिउने-मर्ने वाचा बालुवाको घर भयो संसार जत्रो मेरो मनलाई तिल जत्रो ठान्यौ सगर चुम्छु भन्थ्यौ तर बगरमै छाड्दियौ । |