मेरो देशको व्यथा Author : टोप बहादुर राई Published on : July 24, 2010 |
||||||
हार्नै नजान्ने र जित्नै नसक्नेहरुको बसमा परेको छ मेरो देश भाइ-भाइ जुधाएर गवरा लुट्नेहरुको सेपमा परेको छ मेरो देश । गाउँको माया बोकेर परदेशीनेहरुको पीरमा परेको छ मेरो देश कुर्सी खेलबाट उछिट्टिएर तारे भीरमा लडेको छ मेरो देश । दौरा सुरुवाल माथि धोती ओढ्नेहरुको इशारामा चलेको मेरो देश चारकोशे झाडीमा डढेलो सल्काई आफै जलेको छ मेरो देश । सुन फल्ने भूमि बन्दगी राखेर अनिकालमा परेको छ मेरो देश हिरा बग्ने नदीनाला परिचयहिन हुँदा लोडसेडिङको मारमा परेको छ मेरो देश । प्रकृतीको सुन्दर आँगन बम र बारुदको सुरुङले खाडल भएको छ मेरो देश आफ्नै कोखबाट जन्मिएको बुद्धलाई आज पराईले दावी गर्दा पागल भएको छ मेरो देश ।
हङकङ
|