कवि हाङयुग अज्ञातद्वारा प्रस्तुत कार्यपत्र 'नेपाली साहित्यमा डायोस्पोरा' माथि टिप्पणी

Author : प्रदिप कन्दङ्वा
Published on : June 04, 2010


  
प्रदिप कन्दङ्वा
Author

Your load is heavy

He is very heavy
Just because he is your brother

Your brother are your pogroms (यहुदी बिरुद्ध गरिएको नरसंहार)

When you reach the doorsteps of your friends

Starts your Diaspora
 

माथि उल्लेखित कविताका पङ्तीहरू एकजना टर्किस कवि इस्मेत ��"जेलले लेखेका हुन् । मात्रै यहुदी हुनुको अन्तरंग पिडा र त्यसको हृदयविदारक अनुभूति । इजरायलबाट अपदस्त भइसकेपछि जाने दोस्रो देश नभेट्टाएको एक यहुदीको आत्माकथा । जसले आफ्नै साथिको आँगनमा पुग्दा आफूलाई डायोस्पोरा अनुभव गर्दछ । या उसको डायस्पोरिक जीवन त्यहींबाट सुरू हुन्छ । त्यो कविताको पात्र हो ।

आज चिन्ता डायोस्पोरा शब्दको अर्थउपर केन्द्रित भएको छ । अर्थात हामीलाई डायोस्पोरा भन्न हुन्छ कि हुँदैन । त्यसनिम्ति मनग्य उदाहरण र परिभाषाहरू कार्यपत्रमा उल्लेख भएका छन् । कार्यपत्रको दलिल छ, जसले आफ्नो नेपाली परिचय गुमाएको छैन, प्राविधिक रुपमा होस् या भावनात्मक रुपमा उसलाई कसैगरी डायोस्पोरा भन्न मिल्दैन । उसलाई तत् तत् स्थान या देशको नेपाली भनिनुपर्दछ । जस्तै हङ्कङली नेपाली, अमेरिकन नेपाली, या बेलायती नेपाली आदि । आज हामीलाई नेपाली डायोस्पोरा भनिएकोमा कार्यपत्रको अर्थ र उदेश्य निहित छ । हङकङली नेपाली, अमेरिकन नेपाली या अरु त्यस्तै नेपालीहरूको साहित्य कस्तो छ र हुनुपर्ने यो चिन्ताको निम्ति अरु कुनै कार्यपत्र कुर्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ । डायोस्पोराको अवधारणा अन्तर्गत कार्यपत्र प्रस्तोताले ६ वटा अवधारणा पेश गरेको मध्ये अन्तिम अवधारणा अन्तर्गतको बोरामा सबै देश बाहिर बस्ने नेपाली या जो सुकै पनि खाँदिएको अनुभुत गर्न सकिन्छ । डायोस्पोराको अवधारणा अन्तर्गतको उक्त बुँदाले भन्छ, खासगरी एउटै मुलुक या समान संस्कृति भएका मानिसहरूको अन्यत्रतिरको छरपस्टाई या फैलावट । यो बुँदाले देश बाहिर रहेकाहरूको कुनै हिसाबले बर्गिकरण गरेको छैन । डायोस्पोराका चारवटा किसिमहरू उदाहरणको निम्ति प्रस्तुत गरिएका छन् । यो किसिमको लिस्ट अरु धेरै लामो हुनसक्ने कुरा प्रति कार्यपत्र प्रस्तोता र हामी स्वयं अनविज्ञ छैनौं जस्तो लागेको छ । नेपाली डायोस्पोरा अन्तर्गतको खन्डमा बर्मामा रहेका नेपालीहरूउपर एउटा प्रश्नचिन्ह उभिएको छ । के उनीहरू नेपाल फर्कन चाहन्छन् ? यो प्रश्नको आधारमा उनीहरूलाई नेपाली डायोस्पोरा भन्न हुन्छ या हुँदैन यो कुरा कार्यपत्रमा स्पष्ट छैन । तर संकेत छ, त्यो के भने हामी उनीहरूलाई चिन्दैनौं । उनिहरू बर्मेली भइसके तसर्थ त्यहाँ नेपाली डायोस्पोरा छैन । त्यस्तै भुटानी नेपालीहरू जो आज जिउ ज्यान लगाएर भुटान र्फकन खोजीरहेको छन् । उनीहरूको पनि उल्लेख छ तर उनीहरूलाई के भनिनपर्दछ यो बिषयमा कार्यपत्र मौन छ । त्यस्तै भारतीय नेपालीहरू, उनीहरू आफूलाई भारतीय नेपाली भन्न रूचाउँछन् नेपाली डायोस्पोरा होइन तर डायोस्पोरा शब्दको अर्थभित्र उनीहरू पर्छन् कि पर्दैनन् यस विषयमा पनि कार्यपत्र मौन रहेको छ । अब इन्द्रबहादर राई र गोविन्द राज भट्टराई लगायतकाहरूको दृष्टान्तबाट बुझ्न सकिन्छ कि माथि उल्लेखित तीनै देशका नेपालीहरूलाई नेपाली डायोस्पोरा भन्न नहुने जिकिर कार्यपत्र प्रस्तोताको रहेको छ । तर दुई बर्षे करारमा अरब गएको एउटा नेपाली र माथी उल्लेखित तीन देशमा रहेका नेपालीहरूको स्थितिलाई एउटै चस्माले हेरिदिंदा आज नेपाली डायोस्पोरा कतै पनि नरहेको कार्यपत्र प्रस्तोताको ठहर बुझ्नमा आएको छ । फेरी बुझ्नपर्ने अर्को कुरा के पनि छ भने समान मुलुक र समान संस्कृति भएकाहरूको छरपस्टाईलाई आधार मान्दा नेपालीहरूको आंशिक डायोस्पोरा रहेको मान्न सकिन्छ, कार्यपत्र भन्दछ तर त्यो आंशिक भनिएको डायोस्पोरा कुन हो ? त्यो कार्यपत्रले भन्दैन । एकप्रकारको मानसिक उल्झन पैदा गर्न पर्याप्त भइदिन्छ कार्यपत्र । यी केही मात्र दृष्टान्तहरू जो कार्यपत्रको अभिष्टसँग अन्तर्घुलित हुनसकेको छैन । यस्ता अरु दृष्टान्तहरूलाई यहीं छाडिराखेर म अब आफ्नै केही बिचारहरू राख्न गइरहेको छ ।

डायोस्पोरा शब्दको अर्थको होइन तर डायोस्पोरा शब्दको प्रचलनभने छैंठौ शताब्दितिर यहुदी समुदायको छरपस्टाइबाटनै सुरु भएको कुरामा कतै बिमति नरहेको जगजाहेर छ । तर अंग्रेजी भाषामा सर्बप्रथम चौधौं सताब्दितिरमात्र यो शब्दले प्रसस्ति पाएको दृष्टान्तहरू पाइएको छ । आइरिस फेमिन जसलाई हामी भन्दछौं, त्यही घटनाबाट छरपस्टिएका आइरिसहरूलाई सम्बोधन गर्न सर्बप्रथम यो शब्द प्रयोग गरिएको थियो । जो देशमा अनिकालले मच्चाएको तान्डव खप्न नसकेर अरु देशमा शरणार्थी हुन बाध्य भएका थिए । शब्द डायोस्पोरालाई परिभाषित गर्ने क्रममा के पनि भनिएको छ भने, समान मुलुक र संस्कृति भएकाहरू जो जुनसकै कारणले देशबाहिर बसेको भएतापनि उ आफ्नो मुलुक फर्किन इच्छा राख्दछ र उसको मुलुकको कुनै पनि अर्थमूलक अस्तित्व बाँकिनै छ भने उसलाई डायोस्पोरा भन्नुपर्दछ । यसरी हेर्दा फिजिका नेपालीहरू, अथवा मलेसियाका नेपालीहरूलाई डायोस्पोरा भनिरहन आवश्यक छैन । जस्ले आफ्नो परिचय त्यहाँको मूलप्रवाहमा मिलाइसक्यो र आफू नेपाली हुँ भन्ने कुरा भूलिसक्यो । यधपी कुनै दिन उसको इतिहासमा उसको मूलथलो नेपाल हो भन्ने कुरा उसले एक फिजियन या मलेसियन भएर पढ्न सक्छ जस्तो आज हामी हाम्रो मूलथलो खोज्दै जाँदा बेबिलोनसम्म पुगेका छौं । तर बेबिलोनसँग हाम्रो इतिहास सम्बद्ध नाता मात्र छ । हामी त्यहाँ र्फकने कुरा कदाचित सोँच्न सक्दैनौं । यसरी हामी अर्थात नेपालका आदिवासीहरू बेबिलोनको डायोस्पोरा होइनौं । त्यसैगरी नेपालका आर्यनहरू पनि हिन्दुस्तान, मध्ये एसिया या अरु कतैका डायोस्पोरा होइनन् न त आज कोही अमेरिकिले आफू युरोपको डायोस्पोरा भएको सोँच्दछ । यसरी उसको मुलुकसँगको नाता कुनै पनि अर्थमा टुटिसकेपछि मात्र उ त्यो देशको डायोस्पोरा रहँदैन । मैले बुझेको डायोस्पोराको परिभाषाले यसै भन्दछ ।

आफ्नो मुलुकबाट थातथालो छाडेर हिंडेको कोही पनि जो प्राविधिक रुपमासमेत आफ्नो मुलुकबाट लघारिएको छ भनेपनि उसको आफनो मुलुकसँगको साइनो टुटिसकेको भन्न सकिंदैन तसर्थ आज नेपालको घर जग्गा बेचेर बेलायतमा घर किन्ने लाहुरे र हङकङमा आइडिमा आएको नेपालीबिच प्रबिधिक भिन्नतामात्र छ भावनात्मकरुमा उ नेपालसँग एकैप्रकारले अटुटरुपमा जोडिरहेकै छ । तसर्थ हामी डायोस्पोरा नहुनुको प्रमाण हामीसँग भएको नेपाली नागरिकता र पासपोर्टमात्र पर्याप्त नहुनसक्दछ र डायोस्पोरा हुनुको पछाडि हामीले हाम्रो मुलुकको नागरिकता गुमाउनुमात्र पनि पर्याप्त कारण नहुनसक्दछ ।

कार्यपत्रको शिर्षक नेपाली साहित्यमा डायोस्पोरा रहेको भएता पनि यसको अभिष्टभने केबल हामीलाई डायोस्पोरा भनिनु हुन्छ कि हुँदैन भन्ने कुरासम्ममा मात्र सिमित रहेकोले नेपाल बाहिर बस्ने नेपाली अर्थात डायस्पोरिक नेपाली साहित्यको चर्चा यहाँ सुहाउन सकेन ।