नेपाली साहित्यमा डायोस्पोरा

Author : हाङयुग अज्ञात
Published on : June 01, 2010


  
हाङयुग अज्ञात
Author
कार्यकत्र
 
) सुरुवात

नेपाली साहित्यको परिभाषा अब हिजको जस्तो रहेन । अथवा, हिजको खस या पर्वते भाषामा हिन्दु धर्मदर्शनका कुराहरू देवानगरी लिपीमा लेख्दा मात्रै त्यो साहित्य नेपाली हुन्थ्यो तर आज विभिन्न नेपाली भाषाहरूमा लेखिएको विभिन्न नेपाली धर्म र दर्शनका साहित्यलाई पनि नेपाली साहित्यका रुपमा लिने गरिएको छ । यहाँ नेपाली साहित्य भन्नाले हिजको खस या पर्वते भाषा र आजको राष्ट्र भाषामा लेखिएको विभिन्न किसिमको साहित्य बुझ्नु पर्दछु । यस्तो नेपाली साहित्यमा हिजआज अनेकका सिद्धान्त र वादहरूले आफ्नो प्रभुत्व जमाउँदै आइरहेका छन् । तेस्रो आयामको आगमनले पश्चिमा साहित्य दर्शनबाट दर्जनौं सिद्धान्त र वादहरूलाई नेपाली साहित्यको वणारसी पेटीमा सुकायो । यसरी तेस्रो आयामले प्रारम्भ गरेको पश्चिमा साहित्य-दर्शनको नेपाली यात्रामा पछिल्लोचोटि यो डायोस्पोरा नामको मोह पनि हामीबीच व्याप्त हुन पुगेको छ । निश्चय नै तेस्रो आयामको चालिसवर्षपछि नेपाली साहित्यमा पूर्वपश्चिमा साहित्य दर्शनलाई केलाउँदै नेपाली साहित्यको नयाँ परिभाषा र गन्तव्य निर्माण गर्ने कार्यमा सृजनशील अराजकताको आग्रहले मूलभूत भूमिका निर्वाह गर्दै आएको छ । तेसो र, आजको जल्दोबल्दो भ्रान्ति डायोस्पोराको सन्दर्भमा समग्र नेपाली साहित्यमा दृष्टिकोण प्रक्षेपण गर्नु यस कार्यपत्रको प्रमुख उद्देश्य हुनेछ ।

 

) डायोस्पोराको अवधारणा

डायोस्पोरालाई हिब्रु भाषामा गाल्युट अथवा निर्वासन भन्ने बुझिन्छ भने ग्रीक भाषामा डिस्पर्सन अथवा छरप्रष्टिनु भन्ने बुझिन्छ । डायोस्पोरा यहुदी जातिसित गाँसिएको अवधारणा हो । तर पछिल्लो अवस्थामा डायोस्पोरालाई अनेक जाति र सभ्यतासित गाँसिएर हेर्ने गरिएको छ । डायोस्पोराका अवधारणाहरू निम्म प्रकारका छन्ः

) बेविलोनियन र रोमन विजय प्यालेस्टाइनमाथि र यहुदीहरूको छरप्रस्टाइ ।

) इजराइल बाहिरको यहुदी समूदाय ।

) इजराइल बाहिरको यहुदी बसाइ ।

) इजराइल बहिरको यहुदी बसाइको विस्तार ।

) (न्यू टेस्टामेन्ट) क्रिश्चियनहरूको शरीर जो प्यालेस्टाइन बाहिर बस्दछ ।

) खास गरी एउटा मुलुक या समान सास्कृति भएका मानिसहरूको अन्यत्रतिरको छरप्रस्टाइ या फैलावट ।

 

) डायोस्पोराका किसिम

) यहुदीय डायोस्पोरा

) अफ्रिकन डायोस्पोरा

) चीनियाँ डायोस्पोरा

) भारतीय डायोस्पोरा, आदिइत्यादि

आठौँ देखि छैठौँ इसापूर्व प्राचीन यहुदीय अधिराज्यको पतन, यहूदीहरूको प्रथम मन्दिर (आस्था केन्द्र) को भञ्जन र रोमनहरूबाट उनिहरूको निष्कासन-लाई यहुदीय डायोस्पोराका रूपमा व्याख्या गर्ने गरिएको छ भने अरब र अन्टलान्टिक दास व्यापारले अफ्रिकाबाट यूरोप, एशिया र अमेरीकी महाद्वीपमा पुर्याइएका काला जातिको वर्तमान स्थितिलाई अफ्रिकन डायोस्पोराको रूपमा अध्ययन गर्ने गरिएको छ ।

 

) नेपाली डायोस्पोरा

   एउटै मूलक या समान सास्कृति भएका मानिसहरूको छरप्रस्टाइ या फैलावटलाई डायोस्पोराको आधार मान्दा भने वर्तमान समयमा नेपाली डायोस्पोराको अस्तित्व आंशिक रुपमा भएको मान्न सकिन्छ । कति विद्वानहरूले बर्मामा नेपाली डायोस्पोरा हुनसक्ने बताएका छन् तर हामी उनिहरूलाई चिन्दैनौं किनभने उनिहरू बर्मेली भैसके । भाषा, भेष र सास्कृति बर्माकै लिई सके । बर्माका ती हाम्रा पूर्खाहरू के नेपाल र्फकन चाहन्छन् ? नेपाली भाषा, भेष सास्कृति बचाउने संकल्प गर्दा भुटानबाट नेपालीहरू धपाईए, हाम्रै आँगनमा शरणार्थी भई बसेका छन् । दार्जिलिङ र सिक्किमका नेपालीहरूको सन्दर्भ फेरि अर्कै छ । अंग्रेजहरूसितको सन्धि-सम्झौताले उनिहरू पारी रहे, हामी वारी रह्यौं । भारत अंग्रेजराजबाट मुक्त भएपछि टिष्टा-काँगडा नेपाललाई फिर्ता गर्नुपर्छ भन्ने विचारहरू पनि हामीबीच जिवितै छन् । दार्जिलिङ र सिक्किमतिरका नेपालीहरूले हामी नेपाली डायोस्पोरा हौं भन्दैनन्, उनिहरू भन्छन् हामीहरू भारतीय नेपाली हौं ।

    नेपाली भाषाका भारतीय साहित्यकार इन्द्रबहादुर राईलाई खोज्दै जाँदा यतै भोजपुर खोटाङतिर भेटिन्छ, तर उनको साहित्यलाई डायोस्पोराको जाातोमा पिस्न मिल्दैन । गोविन्दराज भट्टराई नेपालमा बसेर नेपालभित्रकै जनजीवन लेख्दछन् तर उनको उत्पत्ति खोज्दै जाँदा उनलाई हिन्द महासागर र बणारसतिर भेटिन्छ, तर उनको साहित्यलाई पनि डायोस्पोराको जाँतोमा पिस्न मिल्दैन । नेपालका आर्य जातिले धेरै अगाडि नेपाल प्रवेश गरेका हुन् तर त्योभन्दा पनि धेरै आगडि नेपालमा किरात जातिको राज्य थियो । तेसो र डायोस्पोराको परिभाषा र अवधारणा अनुसार नेपालका आर्य जातिलाई हिन्द महासागर या ब्रम्हपुत्रको डायोस्पोरा भन्न मिल्छ । शङ्ख उनिहरूले उतै समुन्द्रबाट ल्याए । यसो र उनिहरू अन्यत्रबाट छितरिएर नेपाल प्रवेश गरेका हुन् । उनिहरू राजनीतिक शरणार्थीका रुपमा कुलमण्डल शाहसित नेपाल भित्रिएका पनि हुन् । यद्दपि, यी तर्कहरू विवेकसम्मत छैनन् भन्नेमा म विश्वस्त छु । अर्का नेपाली विद्वान मोदनाथ प्रश्रतिजीका तर्क गराइलाई यहाँ प्रयोग गर्ने प्रयत्न मात्रै गरेको हुँ । उहाँ भन्नु हुन्छ -नेपालका क्षेत्रिबाहुन पनि आदिवासी हुन् । तर्कतर्कना जे गरे पनि विगत अढाई सय वर्षदेखि नेपालमा आर्य जातिको प्रभुत्व कायम भै आएको छ, सम्भवतः नेपालका तात्कालिक किरात शासकभन्दा यी आर्यहरू अलि बेसी बुद्धिमानी र षडयन्त्रकारी भएर होला । किनभने राजनीतिमा षडयन्त्र र बुद्धि दुवै आवश्यक पर्छ । तेसो र नेपाली साहित्यमा डायोस्पोराको जो चर्काचर्की चलिराछ यसका धेरै अर्थहरू लाग्न सक्नछन् ।

 

) केही अर्थहरू

) नेपाल बाहिरका साहित्यकारहरूलाई भन्दा नेपालभित्रका केही चिन्तकहरूलाई डायोस्पोरा विषयमा चासो छ । यसको अर्थ हामीभन्दा उनिहरू धेरै अध्ययनशील छन् र खुराफाती पनि ।

) विषेश गरी अमेरीका निवासी नेपाली साहिूत्यकारहरू डायोस्पोरा शब्दसित मरिहत्ये गरिरहेकाछन्, यसको अर्थ उनीहरू जसरी पनि गोविन्दराज भट्टराई मार्फत् नेपाली साहित्यमा स्टाबिल्स्ट हुन चाहन्छन् । डायोस्पोराको चर्चा गरेर फेरि गोविन्दराज भट्टराई पनि नेपालीका अन्य शास्त्रीय चिन्तकभन्दा नयाँ देखिन चाहन्छन् ।

) अहिलेको समयमा म नेपाली डायोस्पोराको गुन्जाइस देख्दिना तर यदि अन्य विद्वानहरूले विदेशमा लेखिने गरिएका नेपाली साहित्यलाई पहिचान गर्न सजिलोका लागि डायोस्पोरा शब्दलाई चला��"ं भन्ने आग्रह गर्छन् भने यसमा मेरो सहमति हुनेछ ।

) दुई बर्ष करारमा रोजगारीका लागि विदेश गएका नेपालीहरूले रचना गरेको साहित्यलाई डायोस्पोरिक साहित्य नभनौं । यसलाई प्रवास या प्रवासी साहित्य या अन्य कुनै नामले सम्वोधन गरौं । तेसरी नै उनीहरूलाई एनआरएनको सदस्यता पनि नबाँडौं ।

) नेपालको नागरिकता त्यागेर, सम्पूर्ण जायजेथा बेचेर बेलायतका ससाना बजारहरूमा बेलायतीले झैं बसोबास सुरु गरेका हाम्रा नेपाली दाजुभाइ तथा नेपाली दिदी बहिनीहरूले कालान्तरमा आएर बेलायतमा नेपाली डायोस्पोराको निर्माण गर्लान् । यिनीहरूलाई चाहिा एनआरएनको सदस्यता बाँडौं ।

) हङकङमा नेपालीहरूको बसाइ अनिश्चितकालीन हो । हामीसित हङकङ आइडी छ, नेपाली नागरिकता पनि छ, नेपालको पासपोर्ट छ, बेलायतको पासपोर्ट पनि छ । नेपालमा जायजेथा र आफन्तहरू पनि छन् । नेपाल आउने जाने क्रम हाम्रो निरन्तर चलिरहेको छ । यसर्थ हङकङमा नेपाली डायोस्पोरा नहोला ।

 

) टुङ्ग्याउनी- यसो भए हाम्रो साहित्य के ?

नेपाल बाहिर लेखिएको साहित्यलाई नेपाली डायोस्पोरा नभने पछि अब के भन्ने त ? झट्टै प्रश्न सुन्दा हामी अल्मलिन्छौं । मैले धेरै पहिलेदेखि भन्दै आएको छु कि नेपाली डायोस्पोराको स्थापना नभइसकेको अवस्थामा हङकङमा हामीले लेखिरहेको साहित्यलाई हङकङको नेपाली साहित्य/हङकङेली नेपाली साहित्य भनेर सम्वोधन गर्ने । एवं प्रकारले बेलायतको नेपाली साहित्य/बेलायती नेपाली साहित्य, अमेरिकाको नेपाली साहित्य/अमेरिकाली नेपाली साहित्य, खाडीको नेपाली साहित्य/खाडीय नेपाली साहित्य भन्ने ।

 

    विश्वभरि लेखिएका विविध नेपाली साहित्यलाई नेपाली डायोस्पोराको एउटै बोरामा खाँदेर गुन्द्रुक त होला तर विदेशमा लेखिएका नेपाली साहित्यको गम्भीर अध्ययन नहोला । जस्तो, दुबईको नेपाली साहित्यलाई दुबई डायोस्पोरा भनिएला तर डायोस्पोराको अर्थ/बुझाई दुबईका नेपालीहरूमा मिल्दैन, तब हाम्रो बौद्धिक इमान्दारितामाथि शंका गर्ने ठाउँ रहन्छ । डायोस्पोरा र उत्तरआधिुनिकताको नारा लगाएर देशविदेश घुमौंला हामी तर कालान्तरमा पछिल्लो पुस्ताले बौद्धिक दलालीको हिसाब-किताव गर्नेछन् । तेसो र गोविन्दराज भट्टराई र अमेरिकाका नेपाली साहित्यकारहरूले सर्वप्रथम डायोस्पोराको राजनीतिक, साँस्कृतिक र साहित्यिक अर्थ र मूल्य बुझ्न जरुरी छ । बतासको भरमा साहित्यिक चिन्तनमनन् गरिहेर्दा बाङ्गो इतिहास लेखिने भय रहन्छ । र, बाङ्गो इतिहास भनेको दुर्घटना हो । हामी दुर्घटनाबाट बाँचौं र नेपाली साहित्यलाई बचा��"ं । बेलायतमा होस् या अमेरिकामा, रूसमा होस् या जापानमा, कतारमा होस् या मलेशियामा, सिङ्गापुरमा होस् या हङकङमा, हामीले हाम्रो नश्ल, सास्कृति, भाषा र रीतितिथि बिर्सेर साहित्य लेखिरहेका छैनौं । तेसो र हाम्रो साहित्यलाई डायोस्पोराको आँखाले भन्दा साँस्कृतिक र जातीय समालोचनाको दिमागले अध्ययन-विश्लेषण गर्नु आवश्यक छ ।