हराई रहेको स्वभिमानको

Author : एस.के. पूर्वेली
Published on : May 26, 2010


  
एस.के. पूर्वेली

खोजिमा थिएँ म

गुमाई सकेका संस्कृतिहरू

कुनै उरबर भूमीमा

बिजारोपण गर्ने उद्धेश्यमा

धुजा-धुजा भएका

पानाहरू पल्टाउँदै थिएँ म

एउटा सिङ्गो इतिहाँस

बनाउँन सकिन्छ कि ?

भन्ने आशामा

 

तर

मेरो स्वभिमानलाई

सार मरुभूमीमा

हजारौँ काकाकुलहरूले

पानीको प्यास मेटाउँदै रहेछ

मेरो सँस्कृतीहरू

थुप्रै थप्रै गीद्दहरुले

सिनो सम्झि लुछ्दै रहेछ

साँचो इतिहाँसका पानाहरू

धमीराले छ्यान्द्रा छ्यान्द्रा

पारिसके छ

 

अझ पनि खोजि छैन

कहीँ कुनै निकायबाट

संस्कृतीका पानाहरू

इतिहाँसका शब्दहरू

धपाउँदै काकाकुल

खेदाउँदै गीद्द

सखाप बनाउँछु

यी धमीराका बथानहरू

 

अनि

छिद्र-छिद्र शब्दहरू

बटुली

बनाउँने छु नयाँ

इतिहाँसका पानाहरू

जिर्णोद्धार गर्ने छु

मेरा सँस्कृतीहरू

साथै फर्काउँने छु

मेरा हराएका स्वभिमानहरू ।