प्रति

Author : Gopal Prasad Rimal
Published on : May 20, 2010


  
Gopal Prasad Rimal

��" युवती, ��"  रूपवती,

तिमीसित मेरो घामपानीजस्तो मिलन भयो,

तिमीलाई सम्झना होला-

हामी बादलजस्तै गुटुमुटु पनि भएका छौं;

हामी बादलमा इन्द्रधनु पर्यो,

झरी लाग्यो, हुरी आयो,

अनि हामी अकासजस्तै सङ्ला पनि भयौं,

तिम्रो गहिराईमा, तिम्रो गम्भीरतामा, ��" सुन्दरी,

मेरो उत्ताउलो उचाइ हराएको छ;

हामी रोएका छौं, हामी हाँसेका छौं,

तर आजको होसले ती सब कुरालाई

खल्लो तुल्याइरहेछ,

त्यो जोसमा यो होस हुनुपर्ने,

मैले 'म तिमीलाई प्रेम गर्छु' भन्नुको सट्टा

'म तिमीलाई गर्भाधान गरिरहुछु' भन्न सक्नुपर्ने,

 

()

��" युवती, ��" रूपवती;

प्रेम त जंगलमा पनि हुन्छ,

यो गाउँघरमा, यो सहरमा

प्रेम मात्र पर्याप्त छैन,

यहाँ स्वस्थ स्पष्ट गर्भाधान हुनुपर्छ,

यहाँ बुद्ध जन्माउनुपर्छ, यहाँ लेलिन जन्माउनुपर्छ;

छोराछोरीको अनुहारजस्तो अर्को कुनै

आफू देखिने ऐना छ ?

यहाँ आत्मदर्शन हुनुपर्छ,

 

()

��" युवती, ��" रूपवती,

अर्को चोटि तिमीलाई भेट्दा

म तिमीलाई सोझै भन्नेछु

"म तिमीलाई गर्भाधान गर्छु"

तिमीसित भेट नभए तिमीजस्तै गरी

उत्ताउली

तिमीजस्तै गरी

निन्याउरी

भएर मेरो मन तान्न सक्ने अर्की

कुनै युवती, कुनै रूपवतीलाई

म बलियो भएर त्यसै भन्न सक्ने

होसमन छु :

"म तिमीलाई गर्भधान गर्छु ।"