प्रवासको कथा Author : टोप बहादुर राई Published on : May 17, 2010 |
||||||
स्वर्ग झै छ भन्थे हङकङ तर अह.......... खै कतै पाइन मैले मेरो देशमा झै स्वर्गको आभाष खै कतै सुघिन मैले मेरो माटोमा झै स्वर्गको सुगन्ध जताततै नर्क झै लाग्ने वस्तिहरू र रातदिन कोलाहाल बीच बाँचेका मानव प्राणिहरू । खै कतै भेटिन मैले दोर्जे दाई र कुनाघरे कान्छा जस्ता सहयोगीहरू खै कतै देखिन मैले फुलमति भाउजु र जम्दार बाजे जस्ता मिजासिलाहरू सबै हङकङ आईडीको आडम्बरले फुलेकाहरू र डलरको खेतिमा परिवार र आफन्तजन भुलेकाहरू । खै कतै हेरिन मैले दौरा सुरुवाल र गुन्युचोलीहरू खै कतै सुनिन मैले गोर्खाली हौ भन्ने बोलीहरू सबै विदेशी बोरा ��"डेकाहरू र आफ्नो भाषा र सँस्कृती छोडेकाहरू । खै कतै सुनिनँ मैले हाक्पारे र पालमका भाका खै कतै देखिनँ मैले नेपालीहरू बीच एकता सबै दोहोरी र झ्याउरे भाका कुल्चिएर डिस्को धाउनेहरू र आफै बुइ चढ्दै अरुकै गीत गाउनेहरू । संखुवासभा,नेपाल- हाल-हङकङ |