यो सहर

Author : हाङयुग अज्ञात
Published on : October 28, 2008


  
हाङयुग अज्ञात
Author
यो सहर आफू मात्रै रमाई बाँचेको
धेरैधेरै गाँऊहरू रूवाई हाँसेको
  
 
बाटुलीले भुल्न थाली पँधेरीको जून
कस्ले सक्छ उस्ले जस्तो मनको पीर  छुन
रानीवनको रानीचरी पिजँडामा आयो
सपनाले हो कि हजुर केले आँसु झा-यो
 
काइँला पनि शरणार्थी भई आएछ
गाँऊघरको सबै दु:ख बोकी ल्याएछ
आकाशको चरा हजुर पिजँडामा आयो
सपनाले हो कि हजुर केले आँसु झा-यो  ।