आज बन्द छ

Author : दाजु गुरूङ
Published on : March 24, 2010


  
दाजु गुरूङ

बोल्न पाईदैन   

हिड्न पाईदैन

के भर तिमीले मेरै गीत गाउँछौ भनेर

के भर तिमीले मेरै बाटो हिँडछौ भनेर ।

तिम्रो सुसेलीमा आफ्नै धुन हुनसक्छ

तिम्रो पदःचापमा शान्तिको कवज पनि हुनसक्छ

शान्तिको सुरिलो धुनले

निसन्देहः पदःचापहरूले

दिग्भ्रमितहरूको निद्रा भङ्ग हुनसक्छ

किनकी वहाँहरू बुटका अवाज मात्र बुझ्छन् रे ।

बन्द छ-

बोल्ने भए बोल

हिँडने भए हिँड

तर तैयार भएर बसे हुन्छ-

बिच सडकमा बारूद पिउन।

आज बन्द छ-

देख्न पाईदैन

लेख्न पाईदैन

मन भरिको आकाशमुनि खुलेको इन्द्र-धनुष

निलो तलाऊ विच फक्रेको कमलका  फूलहरू 

अनि इन्द्र-धनुषको क्यान्भासमा !

कमलका पत्र पत्रहरूमा

बुद्धका आकृतहरू स्वश्तिकका गीतहरू

देख्न खोज्छौ होला

लेख्न खोज्छौं होला   

तर वहाँहरूलाई सैय नहुनसक्छ

किनकी बारूदमा खेल्नेहरूलाई फूलको पत्रले बिजाउन सक्छ रे ।

बन्दछ-

देख्ने भए देख

लेख्ने भए लेख

तर तैयार भएर बसे हुन्छ

लेख्ने  औंलाहरू चिर्नलाई,

आज बन्द छ -

चुल्हो जल्दैन

सडक खुल्दैन

प्रेम र सद्भावको उर्जाले मन भरिका चुल्होमा

हिंसा र वारूद पकाएर

नैसर्गिक हक र कर्मको गतिलाई उन्मूक्त बनाउने

सधैं सधैं हिंसालाई निकास दिने खुल्ला सडक बनाउने चाहना होला

तर वहाँहरूलाई वारूदको खेल र मेल छोड्न

निकासका सडकहरू खोल्न मिल्दैन रे

किनकी  हिंसालाई सडक निकास चाहिँदैन रे।

वन्द छ-

चुल्हो बाल्ने भए बाल

सडक खोल्ने भए खोल

पौठेजोरी खेल्ने भए

तैयार भएर बसे हृन्छ

ज्ञात अज्ञातको लामो सुचिमा ।

बन्द- स्तब्धता गति हिनता

विसर्जनशिलता अकर्मणयता

बन्द-अक्रोश प्रतिसोध हिंसा जेहोस्

वन्द समयको गति रोक्ने दुष्प्रयास ।

तर वहाँहरू 

वन्दै वन्दको खेल खेल्छन रे

वन्दमा मान्न भविष्य देख्छन रे

अनि वन्दको खेती गर्छन रे

त्यसैले त इतिहासले गलत सवित गरे पनि

गलत भन्न बन्द छ

विश्वास नलागे आफै हेर-

भोटे ताल्चा मारिएको छ

आज वन्द छ

सृजनाका चारै ढोकाहरू

वहसका थलोहरू

मुहान बग्ने सवै सवै सडकहरू ।