सान्त्वना दिन्छौ किन मलाई

Author : Shusila Thulung
Published on : March 02, 2010


  
Shusila Thulung

जानेर तिमी गल्ति गर्यौ

भूल भनेर फेरि अन्जानी बन्यौ

सात्वना दिन्छौ किन मलाई धोका दिएर

जिएको छु म टुक्रा-टुक्रा मुटु सिएर,

 

हाँस्न खोज्छु अडकिन्छन् गला

फुतकिएनन् कहिले खित्काहरू

वर्तमान हेरि जिउन खोज्छु

जिस्काउँन थाल्छन् अतितका पानाहरू

सान्त्वना दिन्छौ किन मलाई धोका दिएर

जिएको छु म टुक्रा-टुक्रा मुटु सिएर,

 

उमेर मेरो ढल्कि सक्यो

त्यो जवानी कसरी पाउँ

रुनु त म रोइ नै सकेँ

हाँसेर अब बगेको आँशु कसरी पाउँ

सान्त्वना दिन्छौ किन मलाई धोका दिएर

जिएकोछु म टुक्रा-टुक्रा मुटु सिएर ।