पीडा वोध र उन्मुक्ति

Author : केवल गङ्गा गुरूङ
Published on : January 24, 2010


  
केवल गङ्गा गुरूङ

टेकिएका कोमल धर्तीमा

जव

अप्रत्यासीत चट्याङ्हरू

बेजोडले बर्षी दिन्छ

यी अल्हादित मनहरू

टुक्रा टुक्रा वनि उछीट्टीन पुग्छन्

तव

जोड्नलाई अस्विकार गर्छन्

यी संसारका प्रशिद्ध विचारहरू

कतै अलच्छिनाको

लान्छाना लगाउँछन्

कतै विचार विचार मिलेर

पूर्व जन्मको पाप ठान्छन्

यस्तै हुँदो रहेछ यहाँ

स्वार्थी संसारमा

यस्तै हुँदो रहेछ यहाँ

परिमार्जित शहरमा

जस्तो कि

अभियान्तकारीले वनाएको

उहि पुरानो जापानीज घर जस्तो

तर मर्म बुझ्ने कस्ले ?

आँसु पीउँनु निद्रा हराउँनु

अनि अनाहक मै दोषी देखाईनुको पीडा

आफ्नै छाती ननिचोरीए सम्म

आफ्नै मुटु नटुक्रिए सम्म

त्यसैले अव यी संकुचित विचार विच

रमाउँने रहर छैन मलाई

जहाँ अनाहक मै वेश्या ठम्याईन्छु

जहाँ क्षणभर सँगै वस्दैमा

कसैको रख्खेलको उपनाम पाउँछु

कतै अव सजिएर

बाटो वारपार गर्दा पनि

नगर वधु सम्झी मोल सोध्ने हो कि ?

एक्लै भेटे बाटोछेकी

समय तोक्ने हो की ?

त्यसैले

आदर्श अनि अहंकारी शहर छोडी

फराकिलो विचार भएको

सानो गाउँमा वसार्इ सर्दैछु