छाप्रीमा विताएको मध्येरात

Author : कोरङ्गी प्रेम
Published on : December 27, 2009


  
कोरङ्गी प्रेम

           झुप्रो, छाप्रो र महलमा के अन्तर छ ? अनि रेष्टुरेण्ट, बार र तारे होटलमा ? पक्कै पनि अन्तर छन् यीनीहरूका बीचमा । त्यसैले त यीनीहरूका बीचमा स्पस्ट बिभाजनका लक्ष्मण रेखाहरू कोरीएका छन् । झुप्रो र छाप्रोले नहुने तल्लो बर्गको प्रतिनिधित्व गर्दछन् भने महल र तारे होटल्ले हुने खाने उपल्लो बर्गको । झुप्रो छाप्रोमा असुबिधाहरूको खाद पाईन्छ भने सुबिधाहरूको चाङ्ग पाईन्छ महल र तारे होटल्मा यस्तै यस्तै ।  

डिसेम्बर ७ -२००९ सोमबारको दिन वातावरण धुम्म थियो । सिर्सिर् सिरेटो चलिरहेको थियो । उठ्न साथ एकैचोटी खुट्टाहरू ट्राममा पस्ने बानी परेकोले मेरा गोडाहरू हतार हतार ट्राम स्टप तिर दौडिए । सार्बजानिक सवारी साधनहरूमा सबै भन्दा सस्तो (२ डलर बयस्कहरूलाई र १ डलर केटाकेटी र बढापाकाहरूलाई) भाडा लाग्ने ट्राम सबैको निम्ती सुबिधाजनक नभए पनि कन्जुस र फुर्सदीलाहरूको निम्ती प्रिय साधन हो । ७ बजेको ट्राम समाती करिब २५ मिनेट पछि मेरो मेलो (ड्यूटी) वानचाई पुगेँ । ७:३० बजे अघिल्लो दिनको बासी (रोटी) याम्छासंगै मेलोमा टाउको जोत्ने काम शुरु भयो । बिस्तारै ८--१० बजेको सूचना दियो घडीले । बिशेष गरी ९-१० बजेको समय कार्यालय समय (अफीस आवर) भएकोले छिचिमीराको गोला फुटें झैं मानिसहरू छिर्न थाले अफिस भित्र । हुने खाने पजेरेकाजीहरू चिल्ला कारमा सवार हुन थाले । तिनै काजिहरूको चिल्ला कारहरू मालमा (नेपालको सरकारी कार्यालय) बस्ने बैदार र खरदारले  झैं ढड्डामा (चढाउन) ताङ्के गर्न थालें । यसै गरी बित्दछ मेरो दिन चर्या मेलोमा । अनि यसै गरी मेरी अर्धाङ्गीनी र सानी बचेरीको मुखमा माड लगाउने काम भैराखेको छ अहिलेसम्म । दोहोरीलत्त मानिसहरूको भीड अनि सडक भरी सवारी साधनहरूको चापले गर्दा बिहानको समय क्षण भरमैं बित्ने गर्दछ । यसरी मेलोमा (ड्यूटीमा) पत्तै नपाई समय बितेकोमा फुरुङ्ग हुन्छु भने अर्को तर्फ मैंले यस धर्तीमा बाँच्ने दिनहरू छोंटिदै गएकोमा दुखि हुन्छु । जिन्दगीको आधा समय बिती सकेको र बाँकी जिन्दगी पनि बिदेशी भूमीमा बित्ने भएकोले साह्रै दु:ख लागेर आउँछ । म जस्ता लाखैाको संख्यामा रहेको युवा शक्तीको उपयोग आज बिदेशले गरीरहेकोमा भित्र भित्रै मन जलेर आउँछ । युबा शक्ती देशका खम्बा हुन् । ति युबा शक्तीको श्रम, शिप र पैारखलाई नेपाली माटोमा खन्याउन पाए सुनै सुन फल्थ्यो नेपाली भूमिमा । तर त्यै शक्ती रात दिन बिदेशीएको दुर्गती आज देशले भेाग्दैछ । निती निर्माताहरू, सत्ताको बागडोर सम्हालेर बस्नेहरूका लागि यो कुनै टाउको दुखाईको बिषय बन्दैन । मानौकी यो उनीहरूको सरोकारको बिषय नै होईन  । दिन चढ्दै ११-१२ बज्न थाल्यो । चिसो सिरेटोको साथ हल्का सिमसिम पानी बर्सिन थाल्यो । बाहिरको मौसम संगसंगै होटल रष्टुरेण्ट र सुपर मार्केटहरू तात्तिन थाले । करिब १ बर्षको यूके बसाई पछि हप्ता दिनको छुट्टमिा हङकङ आउनु भएका संखुवा सभा समाज हङकङका भूपू कोषाध्यक्ष श्री युब राज गुरुङसंगको भेटघाटमा त्यो ठण्डी सांझ तताउने कार्यक्र्रम बनिसकेको थियो । दाईसंग भेटेर "संखुवा सभा समाज यूके"को हाल खबर र बिशेष गरी मेरा आदरणिय दाई दिदिहरुः धर्म राज गुरुङ, रमेश गुरुङ, बाबु राम दाई, अमृत घले दाई, मणी गुरुङ, हेम गुरुङ पदम राई, कुलदीप राई गिता दिदिको बारेमा सन्चो बिसन्चो र उहाँहरूको दिन चर्या अनि "हाम्रो संखुवा सभा" मुखपत्रको बिक्री बितरण कस्तो भयो आदि  बुझ्न आतुर थिएँ । दिनभरीको बाली लगाएर साँझ घर फर्के पछि मेरी सानी बचेरी (छोरी श्रेया) लाई  गुंढबाट निकालेर  पार्कमा घुमाउने रुटिन बनेको छ  हिजोआज । सांझ ८-३० बजे तिर छोरीलाई घुमाउँदै गर्दा फोन आयो । फोन युबराज दाईको रहेछ । दाईलाई नमस्कारपाती चढाउँदै यूकेको हालखबर सोधी भ्याएँ । सबै कुरा फोनमा सम्भव नहुने हुनाले भेटेरै कुरा गर्ने सर्तमा छुट्टियौ । दाईसंग हरेक दिन फोनमा कुराकानी भैरहन्थ्यो तर भेटघाट गर्ने साईत जुर्न चाहिँ निकै हम्मे हम्मे पर्यो । संधै पार्टी, भोज भतेर र खानपीन मात्रै उहाँको । कुनै नेता र मन्त्री भन्दा कम सम्मानले बितेन उहाँको हप्ता दिनको हङकङ बसाई । कति बिश्वास जित्न भा रै छ जिल्लाबासीहरूको, साथीभाईहरूको बल्ल थाहा पाएँ । फोनमै भए पनि यूके कस्तो छ ? त्यहाँको जीवन स्तर कस्तो छ ? जागीरको मेसो कत्तिको मिल्छ ? आदिको बारेमा सोध्ने काम भयो । शहरीकरण र ��"धोगीकरणको चरम सिमामा पुगेको देश, हङकङको भन्दा १४-१५ गुणा ठुलो पैसा भएको र त्यहाँको कमाई धेरै राम्रो हुने भएकोले स्वभावैले यूकेको बसाई राम्रो हुने तर्क तेर्साउनुभो दाइले । तर संघ संस्थामा र भेटघाट हुन चाहिं निकै गाह्रो हुने हुनाले आफनै सवारी साधन चाहिने नत्र लण्डन शहर भित्रै बस्नु पर्ने कुरो गर्नु भो । मरेर यूके उड्ने अघिल्लो दिन दाइसंग भेट्ने साईत जुर्यो जोर्डन्मा । करिव ७-८ बजे तिर १३-१४ जनाको टुकुडी जोर्डनको छाप्री तिर लाग्यो जस्मा पुर्ब अध्यक्ष श्री खेमाहाङ जिमी सर, वर्तमान अध्यक्ष श्री हेम राई ,सदस्य श्री कुमार गुरुङ र कोषाध्यक्ष श्री कृष्ण कुमार गुरुङ  छुट्नु भो । सो टुकुडीले आज छाप्रीको सी फूड बियर केही पनि बाँकी नराख्ने भन्दै एउटा ठूलो टेबलमा मोर्चा कसेर बस्यो । बिस्तारै भ्यागुता, माछा, गंगटा, चिप्लेकीरा शंखेकिरा,अक्टोपस के के हो के के ले टेबल छपक्कै ढाक्यो । वरीपरी ठड्याईए बियरका बोटल्हरु । हेर्दा लाग्थ्यो त्यो खानपीनको टेबल नभएर एउटा नयाँ बिल्डीडको जग हो  र त्यहाँ ठड्याईएका बोटलहरू त्यस बिल्डीङुका पिलरहरू हुन् । सो मोर्चामा सल्लाहकार श्री सल बहादुर दाई, अजम्बर दाई, एम बि राई र लोक प्रसाद दाई अलि बुढापाका थिए भने अरु सबै नौजवानहरू । जब टेबल माथिको सिफूडमा नौजबानहरू चल्ला टिप्न शिकारी झम्टे झै झम्टिन्थे २ मिनेट पछि त्यहाँ सीफूडको कुनै नामेा निसाना हुदैनथ्यो । त्यसैगरी बियरका बोटलहरू चियर्स संगै क्षण भरमै रितिन्थे र अरु पिलरहरू ठड्याउने काम हुन्थ्यो । टुकुडीका हर्ताकर्ता थिए नैन सिं भाइ, चन्द्र बहादुर थापा (सिबी) र एल बि मुखिया अरु चाँहि होष्टेमा हैँसे गर्ने मात्र । नशा चढ्दै गएपछि दाजु भाइहरू (वेट्रेस) लेङलोईलाई बियर लगाई दिन भन्न थाले र लेङलोईले लगाई दिएको स्वाद अर्कै हुने कुरा ��"कल्न थाले । एम बि राई वाईन र म चाँहि कोक  खाँदै थियौं । यत्तिकैमा लोक प्रसाद दाइले भन्नु भयो "तिमीलाई सबैले प्रेम भनेर चिन्छ चिनाई राख्नु पर्दैन खाउ न खाउ बियर" । म रातो पिरो भएँ । त्यसै त रातो मान्छे । बियर नखाए पनि सबै भन्दा रातो मैं नैं थिएँ हुँला । मलाई नरमाईलो लाग्यो । हो म माछा मासु खाँदिन मेरो शारीरीक स्थितीले गर्दा । त्यसैले साथीभाइहरू सँगको भेटघाट र भोज भतेरमा जान असजिलो लाग्छ । सकभर कसैबाट निम्तो नआई दिए हुन्थ्यो भन्छु । मलाई छालाको एलर्जी छ । जब जाँड रक्सी खान्छु गर्दन, कुम, कम्मर, आङ र आँखाबाट चिटचिट् पसीना आउँछ । माछा मासु खायो भने शरीरमा ज्वरो आउने र मुख, जिब्रो भरी खटिरा आउँछ र निको हुन करिब २ हप्ता लाग्छ । जे खाँदा पनि त्यै घाउमा छोईने हुनाले असाध्यै पिडा हुन्छ । मलाई असाध्यै मन पर्ने परिकारमा मासुको परिकार र तोङबा हो । काठमाण्डौमा हुँदा धराने कालो बागुरले खुब दुख पाउँथ्यो । शक्रबार र बिदाको दिन भयो की एक ढेड केजी हाजिर  भैहाल्थ्यो । तोङबा एउटाले नभएर दुई दुई वटा चाहिन्थ्यो एकै चोटी । बिस्तारै मलाई गिदी दुख्न थाल्यो । एम-आर-आई गराएँ । डाक्टरले यो सबै धराने कालेा बागुरको करामत हो भन्यो र हरेक  दिन ३०० रुपैयाँ तिरेर डेढ महिना टाउकोमा करेन्ट लगाउँदा र ��"षधि खाँदा १५-१६ हजार रुपैंयाँ धराने कालो बंगुरको  नाममा चढाएँ । जब हङकङ आएँ माछा मासुले गिदी दुख्न छाड्यो बदलामा मुखमा घाउ खटिरा आउन थाल्यो । जाँड रक्सीलाई चाँहि नेपालमा हुदै बाईबाई गरी सकेको थिएँ । अतः त्यो मासु खान नपाएको झोकमा अनि दाइको म प्रतिको ब्यडग्यले कति असैह्य भयो होला मलाई ? म एउटा सेतामगुरालीको बच्चो । जाँड, रक्सी, माछा, मासु खान्न भन्नु कति अप्ठ्यारो । यसरी मलाई जवानी मै बुढेसकालको रोगले गाँजी सकेको छ । कति अभागी रै छु । लाउँ लाउँ र खाउँ खाउँको यो उमेरमै जिउँदो लाश बनेर बाँच्नुको जिन्दगी के जिन्दगी ? अचानोको पीर खुकुरीलाई के थाहा ? खै किन बुझ्दैनन्  मान्छेहरू  अर्काको मन र  भावनाहरू ? के उनीहरूसंग पनि छैनन् र मेरा जस्तै  भावना, मन र मटुहरू ? यीनै तर्कनाहरू खेलाउँदै अबका दिनहरूमा भेटघाट, भोजभतेर र पार्टीहरूमा सकभर नजाने प्रण गरें मनमनै ।

बाहिरको वातावरण चिस्सिंदै थियो भने भित्र छाप्रीमा चाँहि जोड्तोड्का साथ तात्तिदै थियो  । छाप्रीको गर्मा गर्मी संगै संघ संस्थाको कुराहरू चल्न थाल्यो । करिब ५०० को हाराहारीमा रहेका संखुवा सभालीहरूको सुखदुखको चौतारी 'साखुवा सभा समाज हङकङ' हङकङमा बिद्यमान ३०-४० वटा संस्थाहरूमा दोश्रो जेठो (१९९६) संस्था हो । सबैको एउटै मन मुटु र विचार भएकोले जिल्लावासीहरूको एकतामा कत्ति पनि आँच  आएको छैन जुन यस्को सबल पक्ष हो । त्यसैले त साखुवासभालीहरूको एकता छ । संस्था होस त साखुवासभालीहरूको जस्तो । सबैले मुक्त कण्ठले प्रशंशा गर्छन हाम्रो संस्थाको । कतिपय संस्थाहरू भागबण्डा नमिलेर टोलै पिच्छेका, क्षेत्र पिच्छेका च्याउ झैं खुलेका छन् । कतिपय चाहि राजनिती गर्ने अखडा बनेका छन् तर संखुवा सभा समाज क्षेत्र नं १ र २ का सबैलाई समेटेर अघि बढ्न सफल छ । यो एउटा विशुद्घ सामाजिक संस्था भएकोले सबैले सामाजिक भावनाले काम गर्छन । यति मात्र होईन यो संस्थाले गर्ने श्रृजनात्मक कामहरूले यस्को उचाई अझ थपेको छ ।  जस्तै हङकङकै   सवालमा यहाँको वातावरणलाई प्रदुषणबाट मुक्त राख्न लान्ताउको मुईयो भन्ने ठाउँमा बृक्षरोपण गर्यौं । त्यस्तै गरी अरु संघ संस्थाहरूले भलीबल, नाचगान र दोहोरी प्रतियोगीता गराई रांहदा हामीले केही पृथक श्रृजनशील कार्यक्रम हङकङबाट प्रकाशित पुस्तक पत्र पत्रिका साथै नेपालको साँस्कतिक, ऐतिहासिक र पर्यटकिय क्षेत्रलाई उजागर गर्ने सामग्रीहरू प्रदर्शन गर्यौं । भर्खरै मात्र जिल्ला स्थित ताम्कू ९ सिक्दीममा गएको बाढी पहिरोबाट पिडीत जनहरूलाई सहयोग स्वरुप २,५०,०००। रुपैंया पठायौं र हङकङको नेपाली समाजलाई केही दिनको निम्ती समाजको मुखपत्र "हाम्रो साखुवा सभा" सन २००७ बाट प्रकाशन गर्न थालेका छौं र तेश्रो अंकको निम्ती तयारीमा लागीरहेका छौं । यी यावत पक्षहरूको कारणले हाम्रो समाज सबैको निम्ती अनुकरणीय बन्न सकेको छ । त्यसैको खुशीले दंगदास हुन्छु । त्यसमा पनि एउटा जिम्बेवार ब्यक्ति भएको नाताले मेरो खुशीको सिमा नै रहंदैन । यसै लेख मार्फत हाम्रा अग्रजहरू जस्ले समाजलाई आजको दिनसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्नुभो उँहाहरू प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।  

कुराकानीकै सिलसिलामा चन्द्र बहादुर थापा (सिबी) दाईले 'मलाई साखुवा सभा समाजको सदस्यता दिनु प-यो मैले के गर्नु पर्छ तयार छु' भन्नुभो । उहाँ भोजपुर निवासी । उहाँको आफनै भोजपुर समाज छ । तैपनि किन संखुवा सभाको सदस्यता ? भन्दा तपाईहरूको एकता, कृयाशिलता, र पारदर्र्शिता छ त्यसैले भन्नुभो । एकताका उहाँ युबराज दाई र मेरो भाँडामा एउटै कम्पनीले चामल हाली दिन्थ्यो । उहाँहरू दुबैले कम्पनी छाड्नु भो तर मेरो चाँहि त्यै कम्पनीले हाली दिएको चामलको भात पाक्छ अझै पनि । त्यस्तै अर्का मित्र एल बि मुखियाको बारेमा पनि कुरो उठेको थियो रे सन् २००५ मा भूपू उपाध्यक्ष बाबु राम दाईबाट जुन बेला अध्यक्ष सल बहादुर दाई  हुनुहुन्थ्यो । बाबु दाईले एल बी मुखियालाई सदस्यता दिलाउन "म पहाडको बारी राजीनामा पास गरी दिन्छु" समेत भन्नुभाथ्यो रे  । यसबाट प्रष्ट हुन्छकी साथीभाईहरू हाम्रा दाजुभाईहरूका लागि र दाजुभाईहरू साथीभाईहरूका लागि कतिका मरी मेट्दा रहेछन् । अन्त्यमा समाजका सल्लाहकार श्री सल बहादुर दाईले बिधानमा उल्लेखित सदस्यता मध्ये बाहिरी जिल्लाका शुभेच्छक, शुभचिन्तकहरूलाई मानार्थ सदस्यता दिन सकिने कुरा बताउनु भो । करिब ५ कार्टुन बियर र दर्जनौं ल्पेट सीफूडहरूलाई शहीद बनाई सकेपछि पौने १२ बजे युबराज दाईलाई यूकेको शुभकामना र शुभयात्रा भन्दै सबै यूकेमा बस्ने  जिल्लाबासीहरूलाई नमस्कार सुनाई दिन आग्रहका साथ त्यो सानो टुकुडी छिन्न भिन्न भएको थियो ।

र अन्त्यमा, सम्पूर्ण जिल्लावासी एबं नेपाली दाजुभाई तथा दिदि बहीनीहरूमा "क्रिस्मस् र ल्होछारको हार्दिक शुभकामना"  दिँदै कवि भूपी शेरचनको २ हरफ साझ्न मन लाग्यो । "जसरी हरेक दिन चियाको केट्लीको टुटीबाट उदाउँछ र साँझ भट्टीमा गएर अस्ताउँछ" त्यसैगरी डिसेम्बर ७ सोमबारको दिन "अघिल्लो दिनको बासी (रोटी) याम्छाबाट शुरु भई सेक्फान र सौकुङ हुंदै मध्यरात जोर्डनको छाप्रीमा गएर अस्तायो" जुन दिनलाई मेरो डायरीको पानामा एउटा अबिस्मरणीय दिन संझेर नलेखी रहन सक्त्तिन ।  

         अस्तु ।

 

          डिसेम्बर १० २००९

          हङकङ