अप्प: दिपो भब: (आफ्नो दियो आफै बनौं )

Author : Sanu Ghimire
Published on : December 08, 2009


  
Sanu Ghimire

युद्धले  ग्रस्त संसारमा

शान्तिको  दियो  उचालेर

तिमीले  सिकाएको  अहिंसाको पाठ

तिमीले  देखाएको  प्रेमको  मार्ग

  ब्यूझाउन  खोजेको

मान्छे  भित्रको  बुद्धत्व

तिम्रो  शालीन  मुद्राको  परम  सन्देश

अप्प:  दिपो  भब:

 

भौतिक  उन्नतिले  उन्मत्त  मान्छे

बिलाशिताले  रंगिएको   मान्छे

बेचैन  मनसँग  टुक्रिरहन्छ

तिमीले गरेको   प्रार्थना

आऊ  एकैछिन   आफैलाई  खोजौं

मनको  बिज्ञानमा  आफूलाई  प्रयोग  गरौं

अप्प:  दिपो  भब:

 

मोक्षको लागि  छटपटिएको  आत्मा

प्रेमको लागि  तडपिएको  मन

नि:शर्त  प्रेमको  सरिता  बगाऊं

आफू  भिजौं  अरुलाई   भिजा��"ं

दुखका  कारणहरुको  फेहरिस्तमा

असीमित  चाहनाको  गुलाम  नबन

ज्ञान  मुद्रामा  शान्त  तिमी

तिम्रा  स्थिर  चक्षुहरुको  मौन  भाका

अप्प:  दिपो  भब:

 

मूर्ति  पूजाका  बिरोधी  तिमी

आफै  भित्रको  भगवान  पूज   भन्छौ

धार्मिकताको  सन्देश  दिदै

तिमी अनन्त मुक्तिको  बाटो  देखाउँछौ

  सारा  पाखण्डको  बिरोध  गर्दै

तिम्रो  शुद्धताको  वकालत  गर्छु

तिम्रो पदचाप  पहिल्याउन  खोज्छु

शान्तिका दूत  गौतम  बुद्ध !

मनका बैज्ञानिक ए महा आत्मा !

तिमीले  दिएको  स्वर्णिम सूत्र

तिमीले दिएको अंतिम  मन्त्र

म दोहोर्याई रहन्छु

अप्प:  दिपो  भब:

अप्प:  दिपो  भब:
 
अस्ट्रेलिया