पर्खी बसे हुन्छ

Author : दाजु गुरूङ
Published on : November 25, 2009


  
दाजु गुरूङ

बिहानीको किरण सँगै, मनको दियो बल्छ

भरे साँझ र्फकि आउँछु, र्पखि बसे हुन्छ

 

सरर बतासमा, पिपलको पात

तिमी सँग माया गाँस्दा, लाग्ने हो की बात

लाज लाग्यो आम्की नआम्, मायालुको छेउ

तिम्लाई भेट्दा आश जाग्छ, दिलमा बास देउ

मायालुको साथ पाए, ईन्द्रकमल फुल्छ

भरे साँझ र्फकि आउँछु, र्पखि बसे हुन्छ,

 

कहाँ अलग हुन सक्छ, चखेवाको जोडी ?

हामी पनि त्यस्तै थियौं, माया लाउँदा खेरी

पहिलो भेटमै चौतारीमा, माया साटेको

वर पिपललाई साक्षी राखी, देवल भाकेको

पहिलो माया चोखो प्रेम, संधै ताजा हुन्छ

भरे साँझ र्फकि आउँछु, र्पखि बसे हुन्छ ।