बाटो माटो र समर्पण

Author : Hikmat Rai
Published on : November 07, 2009


  
Hikmat Rai

रहरे थिएँ म

गाउँ छाडेर शहरे भएँ म

गाउँकी उनी शहर जान नि मानिनन्

सुन्छु अहिले उनी मास्टरी गर्छिन रे

कलिला मस्तिष्कहरुमा अक्षरहरु भर्छिन रे,

 

शहरमा एउटा पढैया भेटें

पुस्तक साट्ने निहुँमा मन पो साटें

सँधै उनको कुरा थियो पुस्तक र गाईड

आफू चै झिल्के परियो "टपोरी" टाईप

हाम्रो बाटो छुट्यो

बाटोसँगै मेरो माटो पनि छुट्यो

सुन्या छैन यो बेला उनी के गर्छिन्

जे होस् उनी नेपाल कै कर्मठ छोरीमा पर्छिन्,

 

रहरे भएँ म

स्वदेश छाडेर परदेश आएँ म

बिरानो देशमा आफन्त पाएँ

निरपेक्ष धर्म जात, अन्तरराष्ट्रिय माया लाएँ

मेरो किड्नीको कमाल तु. आईडिया फुर्यो

बिना मण्डप, बिना साईत हाम्रो लगन गाँठो जुर्यो,

 

जिन्दगी गाडि त ठोक्किदै-रोक्किदै चल्दैछ

तर यसबेला मन भित्र आँधि-तुफान चल्दैछ

न काट्न सकियो आमाको दशधारा दुधको भारा

न बोक्न नै सकियो धर्तिमाताको अभिभारा

समर्पण ति भाग्यमानी सबै सबैलाई

जो सेवा गर्छन् देशको सँधै सँधैलाई ।