हुनुछैन धनको कुवेर

Author : प्रकाश रोदुङ
Published on : October 15, 2009


  
प्रकाश रोदुङ

मनको गरीब

विचार शुन्य

सोचाई शुन्य

भोगाईको चाहानामा

साटेर जिन्दगी

सन्तानको  मायाभन्दा

कुकुर प्रेम  दर्शाउन

राष्ट्रप्रेम  भन्दा

ब्रान्डेट चिल्लाकारको

सिल तोड्न

हुनुछैन धनको कुवेर

खालिहात आई  खालिनै जानुछ

चुसेर रगत  आफ्नै जातको

गरीब बनाएर दिँदै सजाय दासता

हुनुछैन धनको कुवेर 

मानब बैशाखी टेकेर

खानलाई रछ्यान छानी छानी

भएर मनको रोगी

आफैँ फूल्ने बैँश फूलाउनँलाई

साहारालिनु  छैन 

यार्सागुम्बा, भियग्राहरुको

तेसैले यो आधुनिकताको

हुल र हुद्दाहरुमा

म एक पाखे

चाहन्न धनको कुवेर

मनको दरिद्र ।