गजल

Author : केदार 'संकेत'
Published on : October 04, 2009


  
केदार 'संकेत'

सानो छादाको आउँछ याद हात समाई डोर्याएको

मेलापात जाँदा आमा मकै भटमास छोंडाएको,

 

रीत पुराई डोली चडी पराई घर पुगे पनि

याद छहै वर्षै पिच्छे निधारमा टीको नटुटा'को,

 

आज हामी समस्याले जति टाढा पुगे पनि

नबिर्सनु एउटा कुरा एकआपसमा सघाएको,

 

दिदीज्यूका वेदनामा आफु पनि डुबि दिँदा

"सङ्केत" पनि सत्यहोला झण्डै कसो नहरा'को,

 

एउटा दिदी पूर्व तिर अर्को भने पश्चिममा

किन कुरा उस्का गर्नु जिउँदै लाश जलाएको,

 

केहो-केहो यो जीवन बुज्नु खोज्दा झनै गाह्रो

हो तेसैले आजभोली म निन्द्रामा कराएको,

 

दुःखका कुरा मात्र गरे जस्तो भयो मैले आज

भो नखौजौं अब त्यो सागरमा मोती हराएको ।