भो म त बन्दिन शहिद

Author : टोप बहादुर राई
Published on : September 08, 2009


  
टोप बहादुर राई

भो म त लिन्न त्यो ढाल र तरवार

लडि्दन अब देशका लागि

भो म त बन्दिन यो देशको शहिद

चाहिदैन मलाइ मरे पछिको सलामी ।

 

शहिद बनेर के भो र ?

फगत क्षण भरको लागि

कंक्रिटको मुर्ती बनि उभ्याइने छु ।

 

भोली पार्टीपार्टी बीच विवाद उठ्ने छ,

जातजात बीच मतभेद सृजना हुनेछ,

हिमाल, पहाड र तराई छुटिृने छ

अन्त्यमा देश सत्ता मोहले टुक्रने छ ।

 

उति बेला मेरो तरवारमा खिया लागेको हुनेछ

उति बेला मेरो ढाल मक्किएको हुनेछ

म एक मुक मुर्ति बनि एभ्याइएको हुनेछ

मेरो आँखा हुनेछ तर देख्न सक्दिन

मेरो कान हुनेछ तर सुन्न सक्दिन

मेरो मुख हुनेछ तर बोल्न सक्दिन

मेरो खुटृा हुनेछ तर हिड्न सक्दिन ।

 

एकाएक जता ततै जीन्दावाद र मुर्दावादको नारा घन्कने छ

देशभर हत्याहिंसा र लुटपाट मच्चिनेछ

उति बेला उहि राप्ट्र प्रेमि भनौदा ति राक्षसी जल्लादहरुले

मेरो गरिव बस्तिहरुमा आगो सल्काई हत्केला सेक्नेछन्

मेरो मन्दिरहरुमा बम पड्काउने छन्

मेरो मुर्तिलाई प्रतिशोधले फोडिदिने छन्

 

अनि अर्कै उल्टो ईतिहास शुरु हुनेछ

ईतिहासको पानाहरुमा म शहिद नभई देश द्रोही भई कोरिनेछु

म वीर शहिद माथि घोर अन्याय हुनेछ

ति युगले सरापेको संसद भवनहरुमा

ईतिहासका पानाहरु पल्टाउदै

शहिदलाई आतंककारी बनाई

म माथि कडा सजायको बहस चल्न शुरु हुनेछ

अनि के म फेरि शहिद बनु ?

 

अह भो म त बन्दिन यो देशको शहिद

मिसाउदिन त्यो सप्तकोशीमा रगतका भेलहरु

यो सतीले सरापेको देशमा

कोरिन्छन् पुस्तै पिछेका उल्टै उल्टे ईतिहासहरु ।