हाईकू

Author : केदार 'संकेत'
Published on : September 02, 2009


  
केदार 'संकेत'

केदार "संड्ढेत"

 

(१)

सोझा नारीको

फाइदा नउठाउ

मित्रको विन्ती ।

 

(२)

मौलिक हक

श्रीमतीको प्रसंशा

अध्याँरो घर ।

 

(३)

पाहूनाहरू

वरिपरिका मात्र

जिब्रोको स्वाद ।

 

(४)

परजिवीको

खोक्रो सूख्खा ढाँडमा

झूसिले किरा ।

 

(५)

राजनीतिमा

दार्शनिक भावना

घर यूकेमा ।

 

(६)

घरभरि नै

मात्र पाहूनाहरू

मासू र भात ।

 

(७)

दूईटी स्वास्नी

अघोषित कानुन

मारमा कान्छी ।

 

(८)

 

भाषणै पिच्छे

स्वतन्त्रताको कूरा

कुन्ठित मन ।

(९)

आडम्वनाको

राजनीतिक खोकाई

चिनेको चोर ।

 

(१०)

कान्छी साथैमा

नेपालमा एउटी

पाकेको पिलो ।

 

(११)

छाडी व्यापार

लागे राजनीतिमा

लेख्देछु लेख ।