समय भोगाई र जीवनको मुल्याङ्कन्

Author : देबेन्द्र खेरेस
Published on : August 25, 2009


  
देबेन्द्र खेरेस

देवेन्द्र खेरेस

 
समय : हावा हो, सधैं उडिरहन्छ

समय : पानी हो, सधैं बगिरहन्छ

समय : जीवन हो, सधैं बितिरहन्छ

समय : कि के हो ?

समय : कि सप्पै हो ?

समयको फेद र टुप्पा नभेटेपछि

एकदिन बित्यो, भन्थे

दुइदिन बित्यो, सोच्थे

तर, युग बितेछ

आज मात्र  चाल पाईरहेछु

भोगेका ती झुत्रो जिन्दगी

, बितेका ती सप्पै समय

पहिलो पहर

दोश्रो पहर

समयको इकाई गन्नु बाहेक

जीवनको मुल्य खोज्नै बिर्सिएछु,

 

संसार देख्ने आँखाहरू

ब्रमाण्ड टेक्ने खुट्टाहरू

मानिस : न मूर्ति हो

मानिस : न यन्त्र हो

मानिस भएर जिउनका लागि

युग-युग

पर्खिरहनुको पीडा

युरोपको चिसो पहाडहरूमा

"लाभा" उम्लिरहेछु

पड्कनलाई ज्वालामुखी....?

, ओकल्न बिगतका तितो यर्थाथहरू

जसले : आफ्नै घर आगनबाट टाढा बनायो

जसले : आफ्नै भाषा र सँस्कृतिबाट टाढा बनायो

जसले : आफ्नै समाज र देशबाट टाढा बनायो

, राज्यको प्रतेक कुर्सिमा

उपस्थिति शुन्य बनायो,

 

लाग्न सक्छ :

कि म हैन, त्यो माटोको भूमीपुत्र ?

कि म हैन, त्यो समाजको गन्यमान्य ?

कि म हैन, त्यो राज्यको नागरिक ?

अक्सफोर्ड प्रेसमा

छापिन नसकेका

मेरा जीवन कथाहरू

सेक्सपियरको वियोगान्त नाटकझै

समयको घुम्टो ओढेर

आज एम ट्वान्टि राजमार्गहरूमा

चक्कर लगाइरहेछ

थेम्स नदिभएर

बगिरहेछ

, इङ्गलिस च्यानलका छालहरूसँगै

अनगिन्ति प्रश्नहरूको उत्तर खोज्दै

दौडिरहेछ-दौडिरहेछ

निरन्तर दौडिरहेछ...