बुख्याचा

Author : प्रकाश रोदुङ
Published on : July 27, 2009


  
प्रकाश रोदुङ

बियाडेमा त्रिशुल छाप

साँढेहरू चरी रहन्छन्

चरा चुरुँगीहरू रमाई रहन्छन

बिचरा त्यो बुख्याँचालाई

झुण्ड्याइएको छ हेङ्गरको कोट झैँ

खेतको डिलमा

बारीको डिलमा

बियाडेको छेउमा

जब फेल भएकाहरू

क्लास चढछन्

उत्तिर्ण भएकाहरू

बुख्याचा झैँ

प्रमाण पत्रहरूलाई

सजाउछन् आफ्नो हेङ्गररुपि रुपलाई

बुख्याचा झै

बुलेटको भन्दा ब्यालेटको हुईया दिनेहरू

हारको पुरुस्कार

कुर्सी लियर जब

शीतल निवास धाउछन्

शिंहदरवारको निम्ती

तब ब्यालेटको शक्तिहरू

बुख्याचा झै

नियति भोग्नु परेकोछ

दश गजामा जंगे पीलरहरू

दिनदहाडै हराउछन्

लाखौँका सुरक्षा कर्मिहरू

लाग्दछ बुख्याचा नै पो होकि १

कि यो देश नै बुख्याचा हो हँ रु

म अलमलमा परेकोछु ।