बनको चरी कराउदा मन रुन्छ

Author : पवित्रा राई
Published on : July 20, 2009


  
पवित्रा राई

आमा मलाई के हुन्छ के हुन्छ

बनको चरी कराउदा मन रुन्छ

 

रानी वनमा न्याउली चरी रोई रन्छ

सम्झेर ल्याछु आमा विरह त्यसै चलिदिन्छ

 

 

भिरालो पहरामा सुनखरी फुल्छ नटिपी नै ओईलिन्छ

वर्तमानलाई धोका दिंदै आमा भुतकाल त्यसै रोईदिन्छ

 

चैत वैशाखको खडेडीले पाखा त्यसै उराठ छ

छाती पोल्छ मुटु दुख्छ यो मन के गरी बुझाउ त

 

सल्ला घारी हावा चल्छ सल्ला त्यसै सुसाउछ

हुरी बताससरी छ जिन्दगी कसो गरी जोगाउ त

 

वारीपारी हरियाली बन बिचमा धेरै बगर छ

चोटहरु बल्झी रहे पनी आमा बाँच्ने रहर अझै छ

 

मिरमिरेमा उदाँउछ बिहानीको लाली

मर्दै बाँच्दै गर्दैछु आमा संसार हेर्नको लागी