साहित्यिक सहयात्राको सेरोफेरो

Author : बिमल राई
Published on : July 04, 2009


  
बिमल राई

          देश सुब्बा रातभरिको अनिदो आँखा बोकी पछाडि ढाडमा सानोझोला बोकेर तर मस्तिष्कमा गरूङ्गो बिचार लिएर भेटघाटको दिन हाम्रो प्रतिक्षाको बाक्लो घेरा तोड्दै लुसुक्क आइपुग्नु हुन्छ । बजारको घुइचोलाई छिचोल्दै । बिचारको केन्द्रमा घोत्लिएर नयाँ बिचारको खोजि गर्नुहुने वहाँको बिकसित बानि पहिले हामी चिनजान हुँदाको समयको भन्दा धेरै परिपक्क भएजस्तो लाग्छ आजभोलि । स्थुल बिचारको माध्यमबाट भित्रि तथ्यपरक जडसुत्रीय कुराहरूले हामीलाई खुबै ब्यूझाउने गर्नुहुन्छ । यसलाई हामी अन्य सहभागिहरूले जोडदार उर्जा हो भनि बुझेका छौँ । त्यस्तै चन्द्र सम्बाहाम्फे कामतिनबाट ताईमोसन चर्लक्क नाघेर धेरै जिज्ञासा र हार्दिक परामर्शका बिषय बोकेर खुत्रुक्क ��"र्लनु हुन्छ । अनि कवि चन्द्र जी को उपस्थितिले हामीलाइ अर्को सौहार्दता थपिदिन्छ । बेलाबेलामा नेपालको बिभिन्न कविहरूको कविताको मिठा मिठा हरफहरू र शैलिहरू उधृत गरी प्रसंगलाई झनै मिठासपूर्ण बनाइदिनु हुने वहाँको एउटा रमाइलो आदत छ ।  प्रेम जी आउनुहुन्छ नलिई कुनै सृजना, तर जसले ल्याएको छ त्यसलाई प्रेमपूर्बक दिनुहुन्छ सल्लाह सुझाब र आंशिक आफ्ना मतहरू। प्रेम जीको बारेमा मैले पहिलेनै केही लेखिसकेको छु । सारांशमा नेपथ्यमा बस्न रूचाउने तर मञ्चका याबत कृयाकलापहरूको यथेष्ट जानकारी लिनुहुने । सृजनामा भावना र बिचारले बतासिएर छाडेको असरेल्ल गोरेटोहरूलाइ अर्थपूर्ण मुलधारमा ल्याउने चेष्टा हुन्छ वहाँको ।  अनि डि बि जी तीनतल्ला ��"र्लनुहुन्छ केही लिएर कागजको पाताहरूमा हप्ता र महिना लगाई लेखेका गीत अनि कविताहरू, र बिचार र भाबनाको माध्यमले कैद गरिएका वहाँका बिचार र उत्वेग बोकेका श्रृजनाहरू। अनि हम्रो नव आगन्तुक कहिलेकाही गंगा बहिनी लामोबाटो तय गर्दै सेङवानबाट हाम्रो हैसेमा होष्टे थप्नु उपस्थित हुनुहुन्छ । यसरी नै हाम्रो साहित्यिक भेटघाटको सृङ्खला अगाडि बढिरहेको छ ।

          चुनवानको त्यहि म्याकडोनाल्ड आज भोलि लगातार हाम्रो दोबाटो अथवा चौतारी भएको छ । शायद अरूको जस्तै । मलाईलाग्छ यस ठाउँको ��"चित्यतामा केही भिन्नता आएको छ । अनि यस स्थानलाई एउटा आयामको बैचारिक बिम्ब मान्दा कस्तो होला ? म बेला बेला सोचिरहन्छु । हिड्दा हिड्दै भोक लागेर भोकको तृष्णा मेटनु पस्नु र एउटा निर्दिष्ट उदेश्य सहित बस्नुमा अपूर्ब भिन्नताको महसुस हुन्छ । न त चाहिन्छ हमीलाई बतासे बत्तव्य छाट्ने रोष्टम नत तडकभडकको व्यबस्था । न त सुन्ननै पर्छ पट्यारलाग्दो दिकदारीका भाषणहरू। यस्ता फजुलताको बैकल्पिक रूपमा हामी सौहार्द बातावरणमा लेख रचनाहरूको बिमर्श, भलाकुसारी र छलफल गर्न उत्साहित छौ । बिम्ब, प्रतिक, श्रृजना,आन्दोलन याबत बिषयमा गफिनुको चरम आनन्द अर्कै हुन्छ । आपसी भलाकुसारी, समसामयिक घटना, राजनैतिक घटनाक्रम तथा सामाजिक बिषय बस्तुमा हामी केन्द्रित हुँदछौँ । अनि कहिलेकाँही बिमर्शको बिबिध भागालाहरू छरिन्छन् र एकतृत हुन्छन । त्यसले के अनुभूत हुन्छ भने बिचार र सोचाइको सानो सानो अंशभन्दा हाम्रो सतहि जीवनयापनमा धेरै भिन्नता हुँदोरहेछ । र यसरी चिन्तन गर्दा हामीले अध्यन गर्ने धेरैजसो सिद्घान्त र दर्शनहरूको उठान पनि त्यहि बिचारको गहिराईबाट भएको रहेछ । यसरी नै देशजीको प्रकटीकरणको बिषयमा हामीले धेरै बहस गर्यौ । आन्तरिकद्घन्द र बाह्यद्घन्दको भिषण प्रत्याक्रमणको मार्ग हुँदै प्रकटिकरणको अवस्थामा जिबन पदार्पण उन्मुख हुनसक्ने निष्कर्शको नजिक हामी पुग्यौँ । हुनसक्छ यसको सर्बमान्यता यति मात्र पर्याप्त नहोला । अन्तर्द्घन्दले यौदिक, प्रकटिकरण, चेतना मानिसका जीवनमा भयले पारेको प्रभावको तथ्यको बिषयमा नेपाली वाङमयमानै अहिले भयवादको ठुलै बहस भैरहेको छ । भयलाई हामीले कसरी र कुन मार्गको माध्यमबाट जिवनमा न्युन अनुभव गर्न सक्छौ भन्ने नै भयवादको प्रयत्न हो भन्ने बुझनु पर्दछ । लिला बोधमा भ्रान्तिको सिद्घान्तले आ-आफ्नै यथार्त बोधहुनु साश्वत हैन भनि प्रस्टाएको छर्लङ्ग छ । यसले भन्छ- कसैले देखेको कुनैपनि बिषेशण यथार्थ परक हुँदैनन् यथार्थ सदा अगोचर छ । एउटा सानो रूप मात्र गोचरित छ, जसले सर्बथा सत्यताहरूको उद्घाटन हुन संभव छैन । यसर्थ जीवन जगत लिलामय घटना र परिघटनाहरूको श्रृङ्खला हो । सिद्घान्तको सेरो फेरेाफेरोमा राम्ररी अध्यन गर्ने हो भने लिलाबोधमा यथार्थको अधिकतम सतह पाईन्छ । यद्यपि नेपाली साहित्यमा जन्मिएका वाद र आन्दोलनहरूको थोरबहुत महत्व आ-आफ्नै ठाउँमा छ र यि हरूले प्रत्याभूत गर्न खोजेको ��"जस्विता हामीले अवश्यनै स्विकार्नु पर्दछ । हरेक एउटा वस्तुको अर्थ अर्को वस्तुले निर्धारित गरिरहको हन्छ । अर्थात परिपुरकताले एकापसमा जेलिएको हुनेरहेछ हाम्रो जिवन र जगत । नित्सेले ईश्वरको मृत्यु उत्घोषगरी दुनियालाई त्राशदिक मृत्यु प्रतिको हिनताबोध र कायर मनोबिज्ञानमा सरल अनुभूति गराइदिएका छन् । अब निर्जिब प्राणिमा मर्नुको बिकल्प होला कै ? मानिसमा भएका माया, प्रेम, मिलन, हाँसो, खुःसी, दया, धर्म मात्र हैन दुःख, पिडा, रोग, भोक, मृत्यु, बिछोड, भय आदिलाई पनि सहज र प्रेम पुर्बक नै स्विकार्नु सक्नु पर्दछ भन्ने कुराहरू सिद्वान्तहरूले हमीलाई सिकाएको छ । मीठोलाई घिउकमिलाले जस्तो गाँजिरहने र तितोबाट बाह्रहात टाढाहुने हो भने हमीबाट जिवनको बोध अन्धाले हात्ति छामे जस्तै हुनेछ । एउटा जिवनले धेरै आधार, सतह र गहिराइहरू टेक्दै यथार्तको धरातलमा अपूर्णता बाँचिरहेको हुन्छ । र दर्शन र साहित्यले जिवनलाई पूर्णता बनाउन यथासम्भव प्रयास गरिरहेको हुन्छ । यसर्थ आयामले भनेको छ कि नदेखिएको पाटोलाई पनि हेर्ने चश्माहरू आविश्कार गर्नु पर्दछ । केही यस्ता बैदिक र घनपरक तथ्य बाहेक अन्य मान्यताहरू स्थाई हुँदैनन् । अर्थात मान्यताहरू भत्किदै जान्छन् अथवा तात्विक मुल मान्यताहरूले त्यसलाई बिच्छेदन गरिरहेको हुन्छ । यसर्थ सृजनाका साथै मानविय धरातलको बिषय बस्तुमाथि गरिनुपर्ने ब्याखा, विष्लेषण तथा समालोचनामा हाम्रो होसियारीका साथै हार्दिकता पनि हुन आवश्यक छ, भन्ने मलाई लागेको छ । यस पटक (जुन ३ तारिखका दिन) हामी बिषयबस्तु माथि केही लाक्षणिक हिसाबले बग्रेल्ति परिभाषमा छरपष्टियौ जस्तो लाग्छ । ब्यवधान, गम्भिर्यता र निराकरणतर्फ उन्मुख हुन आवश्यक छ हामीले आगामी दिनहरूमा । बिश्वास छ, आगामी हाम्रो भेटहरूमा निश्चय पनि शुन्दर सृजना र बिचार विमर्शको तलाउमा सयर पक्कै नै हुँदै जानेछ ।

        अनत्यमा हाम्रो नव आगन्तुक तथा नव परिचित केवल गागा गुरूङ बहिनीको गीत र कविताहरूलाई आस्वादन गर्ने सुअवसर पायौं । वहाँको कविताहरूभन्दा गीत असाध्य मिठासपूर्ण लाग्यो हामीलाई । राष्ट्रियताको बिम्बमा प्रायजसो कविता लेख्नुहुँदोरहेछ । अझ असल कवयित्री बन्नलाई अझ लगनशीलता र मिहिनेत गर्नु पर्ने महसुस गर्यौ र हामीले  वहाँलाई यस्तै आशय प्रकट गर्यौ । हम्रो नेपालमा भारतले गरेको दबदबाको प्रतिरोधमा उठेका छन् कविताहरू। सार्वभौम हामी नेपाली हुनुको अर्थमा पनि अहिले भारतले नेपालमाथि गरिरहेको साम्राज्यवादी कृयाकलापको प्रसंगमा एउटा गहन आवाज हो भन्ने लाग्छ । आम पाठक तथा जनमानसलाई आफ्नो घर र आगन विनिर्माण गर्न खोज्नेसँग डटेर सामना गनु पर्छ भन्ने जस्ता उदघोष गर्नुभएको पाईयो कवितामा, जुन अत्यन्तै सान्दर्भिक छ । गीतमा वहाँको कौशलता प्रष्टै छर्लङ्गिन्छ । एउटा प्रखर सष्ठामा हुनसक्ने प्रतिभा केही वहाँको गीत हेरेर हामीले थाहा पायौ । गीतले भावनाको पर्याप्त वजन लिएर सहि उचाईको निम्ति अघि बढिरहेको स्वत सृजनाहरूले व्यत्त गरिरहेको थियो । संसारमा आफुले आफैलाई अनुभूत गरि गीतमार्फत यसरी लेख्नुहुन्छ:

                             

                            प्यारो लाग्यो किन मलाई संसार यो त्यसै त्यसै

                            डुलि रहु घुमि रहु यो बगैचामा सधै सधै

 

                            ऐनाहेरी लजाउछु आफै किन सर्माएकी

                            यति धेरै फूलबीच आफै सँग हराएकी

                            यौवनको लाली माथि अझ लाली थपिदिउकी

                            ऐना हेरी आफैलाई लजाउदै चूमी दिउकी

 

                            फक्रिएको यौवन देख्दा बुझ्ने गर्छु परि को हो ?

                            आफैसँग सोध्ने गर्छु म फूल्नुको अर्थ के हो ?                

                            फूलको यो जोवनले जिस्क्यायो कि चाँदनिलाई

                            हिडदा कतै यताउता लोभ्यायो कि दुनियाँलाई

यसरी लामो भलाकुसारी, छलफल र कति सृजनाहरूको अध्यन पश्चात बाहिर निस्कदा बिहानको कलिलो सुर्य केवल गंगा बहिनीको गीत जस्तै मस्त यौवनमा हाम्रै टाउकोमाथि आगोको फूल चम्किरहेको थियो। भोक निकै लागिसकेको रहेछ । अनि फेरि अर्को पटक भेटने भन्दै हामी सबै आ-आफ्नो बाटो लाग्यौ ।