तस्बीर हेर्दा Author : रामकृष्ण सुनुवार 'आँकाला' Published on : June 28, 2009 |
||||||
तिमी मुस्कुराई रहेछौ तस्विरमा साँच्चै त तिमी कस्तो छौ ? पिडा छ कि कतै तन दुःखेको । आँखामा तिमीलाई टाँसेर मुटुमा तिमीलाई बोकेर दुःख सुखका क्षण काटी रहेछु समयको तरवारले चटाचट । गुलावी तिम्रो रङ्ग बदलिएन घण्टौं घोरिएर हेर्दा पनि तिम्रो मुस्कान टुटेन तर बोल्दै बोलिनौ तस्वीरमा निष्ठुरी बनि टोलाई रह्यौ सम्झनाले तिम्रो सताई रह्यो । तिमी भन्थ्यौ जिन्दगी अक्षरस हो जसलाई युगौंयुगसम्म पढ्नु पर्छ तर म भन्छु जति पढ्यो उति गल्ती हुन्छ । बरु पाण्डुलिपी नहराउने गरी एकै पल्टमा लेखि राखुँ कि ? यो जिन्दगीले कोल्टे फेरी हालेमा शब्द शब्द दोहोरिने गरी तातो श्वासमा प्रेम स्पन्दनका ढुकढुकीहरु बढे झैं सदा याद आई रहने गरी प्रेम रस सम्झिपिई दिउँ कि ! हालः मुसाकाला, अफगानिस्तान |