मृग तृष्णा

Author : प्रकाश के.सी.
Published on : October 21, 2008


  
प्रकाश के.सी.

भाग १

 

         यस्तो लाग्दथ्यो, जमीनमाथिको अदृश्य सतहमा लगभग तैरिदैथिई ऊ । शरदीय मन्द पवन, हृदयलाई काउकुती लगाउँदै हने गर्दथ्यो, पानी परिहाल्ला जस्तो चाहिँ थिएन, तर वातावरण रुझे-रुझेको स्निग्ध भएको थियो र यस्तो हिजो, अस्ति, झन् अस्ति पक्कै थिएन । उत्साह रोमाञ्चक अनुभूति लिएर छातीबाट 'बेलगाम' अंगालोभरि फैलिएको थियो ।

         किट्टी हाँस्दै आई, जून जस्तो उज्यालिएर अनि आँखाभरि धपक्क प्रीत फुलाएर । उही रक्सी तर लेबल नयाँझैं या उही लेबल तर मात नयाँझैं, प्रशस्तै नवानभुतिले चुर्लम्म डुब्यो समीर, मनसंगै अनि आलिङ्गन र अधरहरुको रहरपूर्ण घर्षणहरुसागै । प्रेम या यौवनका ज्वारभाटाहरुले 'लथालिङ्ग' पारको मनस्थिति सम्हाल्दै, सम्हालिईदै, एकथुप्रो सुकेका पात-पतिङ्गरझैं दूरी, दुई हृदयहरुबीच राखेर, रोडभरि ओहोर-दोहोर गर्दै भरिएका वाहनहरु अनि वाहनभित्रका यात्रीहरुतिर पारदशी
नजरहरु तेसाइरहन्छ समीर किट्टीसंगै ।

            वर्षौपछि भेटेको थियो उसले किट्टीलाई, तर यस्तो लाग्थ्यो, ती वर्षका समयहरु किट्टीलाई छुदै नछोईकन बितेछन् क्यारे ! ऊ उस्तै नै 'ेश’ 'डिजाइरेबल' देखिन्थिई, कम्तिमा यस्तै सोच्दैथियो समीर ।

दुबै हिँडिरहे धेरैबेर, हिँड्नलाई बाटो अगाडी जो लम्पसारिएको थियो । केही शिष्टता या कुनै अपरिहार्य वचनवद्धता वा अरु जे सुकै कारणले हो, किट्टी केही खुम्चिरहेकि थिई र एउटा दूरी कायम गर्दै थिई, जुन धेरै पलसम्म यथावत् नै रहेकोथियो ।

       पछि, समीर, किट्टी र उसकी बहिनी (जो उसंगै तर पहिलो पटक हङकङ आएकी थिई) लाई लिएर स्टारफेरीको 'स्टार एभेन्यू वाक्मा' गयो । रातको अन्धकारमा झिल्मिलाईरहेको हङकङ, मन्द तथा केही चिसो हावाले, मनभित्र दबी नसकिएका प्रेमानुभूतिलाई उकेरा दिन थालेपछि, वर्षौं अघिको सारा उन्मादहरु अनियन्त्रित भई, हातहरुमा, ओंठहरुमा अनि पाइला-पाइलामा छरपस्टिन थाल्यो । यस्तै कमजोर पलहरुमा बहकिएर सायद, किट्टी बाराम्बार एउटै प्रश्न सोधिरहन्थिई-

      Why, I couldn’t forget you ? (किन मैले तिमीलाई भुल्न सकिन?)' तर, समीर हरेकपटक, यता-उता मात्र, वार्तालापमा सारेर, फोटो खिच्ने ठाँउ र पोजको व्याख्या गर्दै-देखाँउदै किट्टीको प्रश्नलाई छल्दथ्यो । आखिर उसले नै किन बोल्नपर्छ र ? जबकि यसको कारण स्वयं उसलाई पनि थाहै छ । प्रत्यक्षतः समीर, सागरको 'झिलमिल-झिलमिल' टल्किरहेको पानीमाथि तैरिईदै गरेका डुङ्गाहरु निरुद्ध भावले हेरिरह्यो ।

      आउने वर्ष साँघाईको एउटा चाइनिजसंग विवाह गर्ने, जो किट्टीसंगै, भर्खरै आबाक् युनिभर्सिटी, बैंककबाट डिग्री लिएको र जसलाई किट्टीले, \नो र समीरको बारेमा खुलस्त पारेकी जानकारी किट्टीले केहीबेरअघि दिएकि थिई । एउटा ठूलो ढुङ्गा मुटुमाथिबाट हटाईएको झैं हलुंगो महसुस गरेकोथियो समीरले । उसले सुरुमा नै प्रष्ट पारेको थियो कि त्यस सातदिन बाहेकको उनीहरुको जीवनमा एक-अर्को आवद्ध हुँदैन त्यस अर्थमा । किट्टी, त्यसैले त सेकेण्ड-सेकेण्डको दरले साथ-साथ बाँच्दै समय खर्चिरहेकि थिई त्यतिखेर ।

            रातको धेरैपछि, समीरले उनीहरुलाई होटेलमा छोड्न गएको थियो । किट्टीकी बहिनीले उसलाई र दिदीलाई प्राइभेट टाइम दिनलाई उससंग गाला जोडेर 'गुड बाई' भनेर भित्र छिरेपछि, ऊ र किट्टी होटेलपछाडिको पार्कमा बस्न पुगेका थिए ।

            समय रातको सुनसान ल्याउने भए पनि, हुङ्गहामको सडकबाट कारहरु चिप्लिरहेको आवाजले भने छोडेको थिएन, शून्यतालाई । समीरको कमिजको बटन लगाइदिनलाई उसको छातीमा पुगेका किट्टीका हातहरु, कतिखेर उसको गर्धनमा बेह्रिएछन्, कतिखेर किट्टी उसको कमिजमाथिको अर्को आवरण भई, समीरले जस्तो, थाहै पाएन, तर प्रत्यक्षतः अहिले उसका दुबै हात किट्टीका रेशमी केश सहलाउँदै थियो, मनभित्र कतै कुनामा दबेका सम्झनाहरु, रहर बनेर जो फैलिंदै थियो अनि मनहरु हतारिएर सक्दो समेट्दै थिए रहरका पदचापहरु ।

            बेन्चमा 'थचक्क' बसेर किट्टी सुँक-सुँकाउदै थिई, सपनाका या कल्पनाका वायूपंखे घोडामा उडिरहेको उसको प्रणयशील रहरहरु, यथार्थताका साथ असम्भाव्यताका कोत्रे चट्टानमा ठोक्किएर सायद पछारियो होला उसको मस्तिष्कभरि र अप्राप्तिका दुःखाइहरु आँखाहरुबाट चुहाउँदै थिई 'तप-तप' त्यसैले ।

            मनलाई कुनै कवचभित्र राख्न सके, सम्वेंदनहीन हुन सकिन्थ्यो होला । शरीरको, आखिर कहाँ र कुन भागमा बस्छ मन ? मन पक्कै पनि मुटु होइन, मुटु भएको भए, दुख्दा, चोट लाग्दा, 'छताछुल्ल्' भएर रगत पोखिनु पथयो । किन 'तप्-तप्' आँशुहरु आँखा भएर निस्कन्छन् ? किट्टी आँखाहरुबाट चुहिरहेकी थिई र समीरको मुटु कसैले जोडसँग मुठ्याएझैं ऊ छट्पट्टइिर्रहेको थियो । तैपनि चुप भई हेर्दै गयो.......के नै 'आँशु-पुछाइ' भयो र यदि उसले किट्टीको मनलाई 'थप्-थपाउन' सक्दैन भने । ऊ चुपचाप एकोहोरो, माथि, धेरैमाथि आकाशमा हेर्न थाल्यो, जून शान्तसंग बादलको घुम्टोभित्र र बाहिर गर्दैथियो, जसरी, आजभन्दा तीनवर्षअघि, पतया -थाइ-ल्याण्ड) को एउटा होटेलको प्राङ्गण अगाडिको सिढीमाथिको आकाशमा गरेकोथियो यस्तै, बादल भित्र र बाहिर पूर्णाकार चन्द्रमा त्यतिखेर, उसको र किट्टीको साथमा ।  

            सेतो सर्ट र कालो 'लाग मिडी' लगाएकी, उज्यालो अनुहारमा, अस्त-व्यस्त झुलेर करिव-करिव छोप्न खोजेको रेशमी केशलाई पछाडि लगेर, कानमा सिँउरिदै, सिढीमा बसेर चुरोटको लामो धूँवा तानेर माथि आकाशतिर फालिरहेको समीरलाई निहुरेर हेर्दै किट्टीले सोधेकी थिई-

            'What are you looking at like that ? (के हेरिरहेको नी त्यसरी ?)'

            उसको चुरोटको धूँवा, तुँवालोझैं किट्टीको उज्यालो अनुहार अगाडी सुस्तसँग फैलिरहेको थियो, माथि आकाशमा बादलको पातलो लहर भित्र र बाहिर गर्दैथियो जून ।

            'At the Moons.-(जूनहरुलाई हेरिरहेको ।)'

            'Moons ? (जूनहरु?)'

            'Yeah….one by my side other up there at sky! (हो, एउटा मेरो साथको अनि अर्कोमाथि आकाशको)'

            त्यसपछि किट्टीले समीरलाई अगांलेर त्यसरी नै सुँक-सुँकाएकी थिई । त्यसबेला, ऊ आश्चर्यमा परेकोथियो कि कहाँ, कता गल्ती बोल्यो ? केही छिनपछि उबाट हट्दै, आँशु पुछ्दै किट्टीले भनेकी थिई-

              'That was loveliest and sweetest compliment that I have ever got. Thank you. (त्यो मैले पाएकोमा प्यारो र मीठो प्रंशासा थियो) । धन्यवाद)

            धेरै नै भावुक थिई किट्टी, सायद ��"सतभन्दा ज्यादा ! समीर चुपचाप आकाशमा नियालिरह्यो, अतीतका यादहरु लाम लागेर छाउन थाले मानसपटलमा । किट्टी सुँकसुँकाउन छाडेर केही शान्त भई समीरको हात आ\नो हातमा राखेर मुसार्न थाली भने आँखाहरुले उसको सारा शरीर सुम्सुम्याउन थाली । धेरैबेर त्यसरी नै रहेपछि, अन्त्यमा छुट्टीने बेला, समीरलाई झुकाएर उसको निधारमा चुमेपछि गम्भीरतासाथ भनी-

 

            There’s a long way ahead in our life, who knows, where, when and how, we will meet again? If we happened to meet again somewhere, you can treat me as before…..as your girl. I promise, I will be very happy if that happened. No matter in what conditions! (हाम्रो अगाडि जीवन धेरै लामो छ । के थाहा, फेरि कहाँ कहिले अनि कसरी भेटिनेछौं ? यदि फेरि कहीँ भेटियौं भने, तिमी पहिलेकै जस्तो व्यवहार गर्न सक्छौ प्रेमिका सम्झेर । म प्रतिज्ञा गर्छु, म धेरै खुसी हुनेछु यदि त्यस्तो भए, चाहे जस्तोसकै परिस्थितिमा पनि ।)'

            यथार्थमा समीर एक्लै घर लाग्यो र किट्टी होटेलभित्र । दिदी-बहिनी एकाबिहानैको टे्रनबाट बेइजिङ्ग जाँदैछन् । समीर 'बोझिलो' मन लिएर मनसागै शरीरलाई घिसार्दै हिाड्दैगयो, स्मृतिहरु तितर-बितर भएर उसको सम्झनाको फाँटभरि फैलिएको थियो र ऊ विगतस्पृह केलाउँदैगयो । स्मृतिका पानाहरुका गर्तमा धमिलिई नसकिएका, अथाह परिमाणका सम्झनाहरु, जो जिवन्त रहरहरुको, मुटु नजिकैको साइनो गाँसिएका प्राप्तिहरु र अमूर्त विवशताहरुको एउटा छुट्टै अध्याय बनेर रहेको थियो, जसले कहिले चोट दिन्थ्यो र फेरि सुम्सुम्याउँथ्यो, मिठासपर्ण मलहम लगाएर ।

            ती दिनहरु अनि रातहरु, जो हप्ताभित्र नै साँगुरिएका थिए, तर जसका भोगाइहरु, जीवनभरिको एकमुस्ट भोगाइहरुको झैँ सम्मिलित रुप थियो । कतैबाट पनि, -ˆनो क्षमताभित्रको परिसरबाट हुने र पुग्नेसम्मको भोगाइका क्षण र त्यसका मिठासबाट चुक्न नपरेका प्राप्तिका लेखाजोखा, यदि मनले पढ्न भए, धेरै-धेरै पलहरु प्नि कमै लाग्न सक्थ्यो ।

            मुटुको कुनै कुनामा सूरक्षित रहेको उसको अतितका स्मृतिको त्यो अध्याय, उसको मानसिक आञ्चलिक पटलभित्र जिवन्त भएर स्फुरण हुन्छन् त्यसपछि ।

                                  क्रमश ………………………… 

                                    कथाको बाँकी अंश भाग २ मा हेर्नुहोला…….