पत्याऊ या नपत्याऊ !

Author : ईन्द्र एलजी थापामगर
Published on : June 11, 2009


  
ईन्द्र एलजी थापामगर

तिम्रो यादहरूमा रूदाँ रूदाँ,

सिरानीको सयौं खोल भिजेको छ

पत्याऊ या नपत्याऊ मसँग,

विश्वासका हजारौं फोटोहरू खिचिएको छ,

 

हरेक साँझहरू क्रमश : पिउदैं जाँदा,

यादहरू गजल बनेका छन्।

पत्याऊ या नपत्याऊ मसँग,

सम्झनाका अडियोहरू, एमपी थ्रीका फाइलहरू बनेका छन्,

 

जीवनका सबै सपनाहरू,

कठै ! तिमीसँगै सती गए

पत्याऊ या नपत्याऊ अतितहरूले खण्डहरू,

करकलाको पात माथिको पानी जस्तो भएँ,

 

तिमी बिनाको यो जीवन,

कठै ! खडेरीले खाएको बाली जस्तो

पत्याऊ या नपत्याऊ यत्र तत्र,

अलपत्र जीउदो लाश जस्तो।