वटबृक्षको सपनामा पर्दाहीन् संभोग

Author : डि बि पालुङ्वा
Published on : June 04, 2009


  
डि बि पालुङ्वा

यो काँध माथि जुवा कति नार्नु

वेमौसम कति जोत्नु

यो रूखो जमिन माथि

अथवा यो ज्वालामुखि सुतेको पहाड माथि

साँधेर बाध्यता

एउटा कम्पीत समर्पण

जो सधैं औंसीको रातमा

जेब्रा क्रसिङका साङ्केतीक वत्तीहरूको

सावाधानीका आलर्टबाट

आफुलाई कसरी टाढा राख्न सकिन्छ ?

 

जो सधैं प्रतेक जुनेली रातको उज्यालो

मेरो कोठाको छिंडीबाट छिरेर

मेरो स्नीग्ध निन्द्रा हरेर लैजान्छ

यी चुरोटका धुंवाहरूमा काट्नै नसकिने

ती लामा लामा रातहरूबाट

कता भाग्न सकिन्छ ?

 

जो सधैं नौलो सङ्केत बिना

प्रतेक बिहानीले बिना अर्थ जागा गराउछ

र उराठ लाग्दो संध्याले

भिरै भिरको बाटो माथि फयांकेर जान्छ

अनि कसरी क्षितिज पारीको

निलो आकाश छुन सकिन्छ ?

 

जो सधैं झै हरेक बसन्त आउछ

र मलाई निथ्रुक्क भिजाएर

फेरी फर्केर जान्छ

एउटा न्यानो स्पर्ष बिना

अनि यसलाई कसरी सुखद जीवन भन्न सकिन्छ ?

 

जो सधैं नौलो अनुभ्त बेगरको

पर्दहीन् संभोगमा स्खलित हुनुको

लघुताबोधले

अन्तत एउटा पहाड धस्कन्छ

र मेरो आङ् माथि  तातो सडक कुद्छ ,

मेरै निधारको रेखाहरू जस्तै

समानान्तर भएर

आफ्नो हत्केलाको नियन्त्रण भन्दा बाहिर गएर

 

यो कालको कहां छ ? अवतरण अथवा अन्त ?

कसरी वन्चित गर्न सकिन्छ आफैलाई

यो रङ्गीन हरियालीको सास्ती देखि ?

 

बांसको खोक्रो आवरण जस्तै

हरेक हरिया हांगाहरू लाक्षिएर

छांया बनि कोही जान खोज्छ म भित्रबाट¬¬

 

त्यसै गरी एक हुल आफन्तहरू

प्र्ब पश्चिम उत्तर दक्षिण

हुदै मेरो निगरानीमा उभिदिन्छन्

यो मायाजालको संघार निर

अनि येही अनुरागको बिनोदले

आंधीमा कांपीरहेको दीग्भर्मित

येही भित्री र बाहिरी मन्को अन्तरद्घन्दले सधैं

फेरी येही बेंसीमा घचेटेर जान्छ

यो आधा भासिएको गढ्तीरको ढुङगालाई

निलो निलो समुन्द्रको सतहले

सधैं नाप्न आउंछ र

हरेका दिन् र रातले वेस्सरी कोतरेर जान्छ

यो मान्छेको जातलाई ।

 

अनि कसरी भन्न सकिन्छ ? कि

मान्छेलाई नै यो श्रृष्टीको

सबै भन्दा सर्बोत्कृष्ट श्रृजना हो 

अथवा यस्तो अनुभ्ति यस धर्तिमा

उ पल्लो कुन जातको प्राणीले गर्न सक्दछ ?

 

तर एउटा सपना देख्नुमा मेरो के गल्ती छ र ? 

जो सधैं एउटा

लोकतान्त्रीक सभ्यताको चौंतारीमा

एउटा विशाल बटबृक्ष बन्न चाहान्छु 

त्यो विशाल बटबृक्ष बन्न चाहान्छु ।