तिम्रो जलन

Author : गिता राई
Published on : May 28, 2009


  
गिता राई

श्वास-प्रश्वास बन्द नै हुने

नाकैमा गन्ध-दुर्गन्ध आइरहेछ

तर पनि मेरो मनमा मीठो

यसै खास आभास भैरहेछ,

 

म प्रगतिपथमा लम्केको देखेर

तिमी ईष्याले जल्नु जलेको छौ

मेरो अहोभाग्य चम्केको देखेर

तिमी डाहले गल्नु गलेको छौ,

 

महामूर्खको ताज लगाउँदै

आफैभित्रको कमजोरी देखाउँछौ

सिंहको जस्तो धक्कु लगाउँदै

फूगर्दा ढल्नेगरी आफैमा फोहरी लेखाउँछौ,

 

तिम्रो सामु मेरो उपस्थिति

अमिलो चुक साबित भएको छ

मैले पाउने स्याबासी त झनै

असहृय पीडा माफिक भएको छ,

 

मैले साथ पाएको देखेर

तिमी पीरै पीरमा बाँचेको छौ

मैले त कहाँ हो र साथी !

तिमीले नै साँढेसातको दशा साँचेको छौ ।