..... छली अनुहार

Author : टंक वनेम
Published on : October 18, 2008


  
टंक वनेम
रमरम रातो देखिने
ब्ल्याक होलको बिरोधाभासी दुनियामा
म पाइतला टेकि रहुँ
मानौ -
मेरो अस्तित्व
तिम्रो छातीमा टाँसी रहोस
जहाँ -
मलाई मन परेको
एउटा आकाश छ
त्यहाँ तिम्रो प्रतिबिम्ब
नाची रहोस
मैले टेक्ने गरेको माटो छ
त्यहाँ -
तिमीले चाहेको
फूलहरु फुली रहोस्,
म देख्छु -
रमाउँने तिम्रा आखाँहरु

तिम्रो मनका मुच्र्छनाहरु
कसरी मधुर स्वर निकाल्छन्
अनि
मेरो अस्तित्व एकाएक
परदृश्य भएर
भ्रम, माया र छल मात्र हुन्छ
मेरो असस्तुष्टिहरुलाई
संम्बोधन गरेँ भने
.......... लपेटछौ,
 
तरै पनि
हाम्रो संम्बन्ध
प्रगाढ होस भनेर
निर्धक्क र ढुक्क
बनाउँन चाहान्छु
तर
सहेर माया गर्नु को पनि त
सिमा हुँदो रहेछ
किन हो कोनी अचेल
असस्तुष्टिका पहाडहरु
मैदानमा अनुबाद हुन थालेका छन्
पैतलाको डोब र दृष्टि फेर्न हो कि ?
कतै जङघार तर्ने सुरमा छौं हामी
हुन सक्छ
यही जङघारमा बग्दै जान्छ
तिम्रो आदिम सपना
र ढल्न थाल्छ एक एक गरेर
पुरातनबादका सालिकहरु
शायद
उदाङगो हुने छ

हेर्न पाइने छ
मखुन्डोले छोपेको
षड्यन्त्रको मन्त्र घोकाउँने
........ छली अनुहार ।