गीत

Author : दिपा एवाई राई
Published on : May 14, 2009


  
दिपा एवाई राई

के भनि बोलाऊँ

बैमानीले ज्यानै लिएछ

जालि माया गाँस्नेले

यो मायालाई एक्लै पारेछ

के भनि बोलाउ..

 

पापी नजरले बाटो छेकेछ

एक्लो मेरो जवानीमा

आँखा छोपी लाज हटाउने

लाखौं कोशीस बेकार भएछ

के भनि बोलाउ..

 

गाँउ गाँउमा हल्ला चलेछ

छोडी जाने मेरो हजूरले माया मारेको

उजुर गरि कहाँ हुन्थ्यो र ?

दैव संयोग भाग्य नभए

के भनि बोलाउ...