दर्शनको घना जंगलमा हामी

Author : बिमल राई
Published on : May 12, 2009


  
बिमल राई

मे ३ तारिख आइतबार बिहान म उठ्दा आकाशमा कालो बादल मडारिरहेको थियो । भयवादी देश सुब्बा भन्नु हुन्थ्यो, रंगहरूमा बाक्लो कालो हुन्छ । यो भयको रंग हो ।

म ताइपेइ उद्यान छिचोल्दै चुनवानको म्याकडोनाल्डमा पुग्दा मित्रहरू देश सुब्बा, प्रेम राई र चन्द्र सम्बाहाम्फे अघि नै आइपुग्नु भएको रहेछ । तर काममा जानुभएकोले डि।बी। पालुवाङ्वा आउनु भएन । वहाँको उपस्थिति खडकिरहृयो हामीलाई । डि।बी।को अभावलाई यस पटक उपस्थित गीतकार, कवयित्री केवल गंगा गुरुङले पर्ूर्तिगर्नु भएको थियो । बाँकी उही अघिल्ला हप्ताका स्थायी पात्रहरू थियौँ । कतिले यस्तो कार्यलाई कोठे गोष्ठी भन्छन् भने हामीले सृजनात्मक भेटघाट कार्यक्रम भनेका छौँ । यसमा अर्को पक्ष ँश्रष्टा कोषू पनि हो । यो थप्दै लगिरहेका छौ प्रत्येक भेटमा, यस महिना हामीसित थुप्रै आइतबार भएकोले आज श्रष्ठा कोषको रकम जम्मा गर्ने काम भएन, फेरि डि।बी।को अनुपस्थिति ।म्याकडोनाल्डको खाजा खाए पश्यात हामी प्रसङ्गतिर लाग्यौ । प्रसँगको पहिलो विषय जहिलेपनि किन हो भयवादबाटै शुरु हुन्थ्यो । यसमा लामो बहस हुन्थ्यो । नयाँ नयाँ प्रसङ्ग थपिने गर्दथ्यो नेपालको राजनीतिक उतारचढाव, मेक्सीकोको स्वाइन भाइरसको महामारी वा कोही मान्छे लिफ्टमा थुनिएको घटनालाई पनि हामी विभिन्न ँवाद हरू, मार्क्सवाद, अस्तित्ववाद, यथार्थवाद, विनिर्माणवाद, शून्यवाद, घनवाद, प्रगतिवाद, तेस्रो आयाम, लीलालेखन, मयवाद, सृजनशील अराजकता, विशेष रंगवाद, अभिघात सिद्धान्त सबैमा राखेर हेथ्र्यौ र भयवादको स्थानकतातिर छ विमर्श गर्थ्यौं । अनि नयाँ सृजनामा फर्किन्थ्यौ । यस पटक केवल गंगाको कविता र गीतहरूमा हाम्रो समय प्रगतिमय भयो । कति राम्रा कविता समयले छेलिएको अज्ञात मञ्चमा ँम उम्लिएकी छुू । सिङ्गो उत्तरआधुनिक समय बोकेर उभेको सिमान्तकृत आवाज । लामो कविता लेख्ने कवि चन्द्र सम्बाहाम्फेले ँकविता निकै राम्रो तर अलि विम्व चेतना कमू भएको गहिरो टिप्पणी गर्नुभयो । हामीलाई लागेका सल्लाह र सुझाव दियौ उनलाई । उनले सिरोपर गर्दै अर्को भेटमा सच्याएर ल्याउने वचन दिनुभयो । यसलाई हामीले चिल्लो पात मान्यौ ।

अनि अघिल्लो निर्णय बमोजिम भयवाद दर्शनलाई छलफलको निम्ति अघि बढाएँ । म यसको जिज्ञासु पाठक । एक जिज्ञासु हैसियतले सोच्दा यो सरल छैन झर्र्रोवादजस्तो लागेको थियो । यस सिद्धान्त तथा दर्शनका चिन्तक देश सुब्बा ँभयवाद जीवन र जगतलाई अंश अंश बनाएर अध्ययन गर्ने दृष्टिकोण हो भन्दै आउनु भएको थियो । त्यसले पनि मेरो उत्सुकता झन् बढाइरहेको थियो ।

ँँयौद्धिक र ँप्रकट जस्ता क्रियाहरू जीवनको आयाममा व्याप्त, क्रियाशील र विजयशील छन्ू यसमा उहाँको विश्लेषण सुक्ष्म र गहन देखिन्छ । ँ��"जस्वी दर्शन र चिन्तनले समाज र देशलाई पूर्ण परिवतर्न गर्न संभव छ । यस्तो विषयमा विशेष गरी पश्चिमाहरूले अभूतपूर्व सफलता पाएका छन् । अणु र परमाणुको सिद्धान्तले आज अमेरिका विश्वको शक्तिशाली बन्न पुगेको छ । ग्यालिलियोको खगोल दर्शनको विकासले अन्तरिक्ष पर्यटन संभव भएको छ । सौर्यमण्डलमा वायुयानहरूको घुँइचो के यो सामान्य हो - तर हामी पूर्वीयहरू हाम्रा आफ्नै दार्शनिक विम्बहरूप्रति अन्यमनस्क छौ । ग्यालिलियोको भन्दा धेरै वर्षअघि भृगु ज्योतिषिले आविष्कार गरेको खगोल शास्त्र हाम्रो पूर्वीयको लागि खाली व्यक्तिको भाग्य हेर्ने रुढिवादी, अन्धविस्वासी पात्रो मै सीमित रहेको छ । रामायणको पुष्पक विमानलाई हामीले व्यावशायमा उतार्न सकेनौ । अनि पश्चिमाहरूलाई अरबौ तिरेर विमान खरिद गर्दछौ । यसरी हामीले पश्चिमाहरूको जस्तो हाम्रा पर्ूर्वीय दर्शनलाई जीवन र जगतमा त्यति प्रभावकारी रुपले प्रयोग गरेनौ । भयवाद पनि त्यस्तै भइरहेको छ वा हामीसित भएको विचार, आविष्कार, सृजना पनि त्यस्तै भइरहेको छ ।

मैले भयवादको निश्चल तालमा ढुङ्गाहरू खसाएँ । अर्थात यस दर्शनको विषयमा केही जिज्ञासाहरू सोधँे प्रवर्द्धतकलाई । विस्तारै ताल छाल हुँदै छल्कन थाल्यो । मेरो जिज्ञासाहरू थिए भयवाद के हो - यो कति प्रकारको हुन्छ - यसलाई साहित्यमा कसरी लेखिन्छ - यसका लेखन र समाधान के के हुन् - कुन विन्दूबाट प्रस्थान गर्ने, प्रकट, र यौद्धिक जीवनको कुन अवस्थाले प्रयुक्त हुन्छ आदि । देश सुब्बाले चिउँडामा हात टेकाएर निकैबेरसम्म सालिन मुद्रामा हाम्रा कुरा सुनिरहनुभयो । घरीघरी मलाई र धेरै जसो टेबुलको बीचमा वहाँको आँखा खेल्थ्यो । मानिलिउ ँभयवाद टेबलको बीचमा बग्रेल्ती छ । मेरो जिज्ञासाको सिलसिलामा मात्र के सिद्धिएको थियो प्रेमजीले आफ्नो संक्षिप्त विचार राख्नुभयो । वहाँको यस विषयमा गहिरो अध्ययन रहेछ । चेतनासँग समाहित भएकोले जीवन र जगतलाई भयले मात्र हेर्नु नसकिएला कि भन्नुभयो । उहाँको उत्तर थियो, प्रत्यक्ष रुपमा भय नदेखिएपनि अप्रत्यक्ष रुपमा सबैमा भय हुन्छ जस्तै शंका, षडयन्त्र, रुढिवादी भन्दै सुब्बा अगाडि बढ्नु भयो । मन्द शब्द र बोलीमा विषय र प्रसंङ्ग समेट्दै हाम्रा जिज्ञासाको धारावाहिक रुपमा सिरुबारी फाड्न थाल्नु भयो । बीचबीचमा भय प्रवाहित जीवनको उदाहरण दिँदै ९हवाजहाजमा आगो लागेको अवस्था, डुब्दै गरेको पानी जहाज वा डेथ पनाल्टी पाइसकेको मान्छेमा राखेर भयवादको शल्यकृया पनि गर्नुभयो । मानिसको जीवन वास्तवमा द्वन्दहरूको महाभेल रहेछ । यर्सथ वहाँले यौद्धिक शब्दको प्रयोग गर्नुभएको रहेछ । कुनै एक जनालाई व्रेन ट्युमर लागेको ३ वर्षभयो । तथापि उसलाई थाहा छैन । जुन दिन उसलाई थाहा हुन्छ, उसलाई भय हुन थाल्दछ । यो भयसँगै उसका गतिविधिहरू परिवर्तन हुन थाल्दछन् र साथीभाइ, इष्टमित्र सबैको व्यवहार फरक हुन थाल्दछ । त्यो ३ वर्षअघिभन्दा पछिको उसको मनस्थितिको हामी आफैले महसुस ग९यौ । अवश्य पनि भयामय, शिथिल, कमजोर, निरास, लाचार, दुःखी र विरक्त सिवाय केही हुँदैन । किनकी यो रोग जीवनको अन्त्य हो । यस अवस्थाको अध्ययन भयवादले गर्दछ । यस्तो रोग मान्छेलाई जीवनभरि नै भैरहन्छ९लिफ्टमा थुनिएकोजस्तो । ऊ सधैँ बाहिर निस्किन खोज्छ । त्यो रोग लाग्न अगाडिको सहज बचाइ र ट्युमर लागेपछिको असहज बचाइमा कत्रो खाडल - यस्ता रोगले नैरास्यता, शून्यता सृजना गर्दछ र परिणामतः आत्महत्या गर्ने अवस्थासम्म पुर्याउँछ वा आत्महत्याको धेरै कारण मध्ये भय पनि हो । त्यसमा हामीले सहजता र समाधान खोज्नुपर्छ । प्रेमजीले प्रकटको बारेमा जिज्ञासा राख्नु भयो । देशजीले यसलाई अनन्त ज्ञानहरूको ँइन्लाइटमेन्ट वा जीवन ज्ञानहरूको अनन्त श्रंृखला भनेपछि उहाँले सुझाव दिनु भयो । यदि यो अंगे्रजीको इन्टाइटमेन्टको अर्थमा हो भने नेपालीमा ँप्रकट हुँदैन यसको नेपाली करण त ँप्रकटिकरण हुन्छ । यसमा निकैबेर वहस भएपछि प्रकटिकरण नै हो भन्नेमा देश पनि सहमत हुनु भयो ।

यस्तै यस्तो भयवादको विषयमा आफ्नो गहिरो अध्ययन र चिन्तनका कुराहरू हामीलाई जानकारी गराउनु भयो र लेखनमा प्रतिस्थापित गर्नु भन्दा पनि समाधान, सहजता खोज्दै भयवाद एउटा समालोचकीय सिद्धान्तमा रहनु उपयुक्त हुने धारणा राख्नुभयो । हामी सबै भयवादबारे सुनेर मौन थियौ । हामी माथिको कालो बादल केही हटिसकेको थियो भयवादको विषयमा ।

अन्त्यमा मैले सुहागरातको विम्वमा लेखेको गीत सबैलाई टक्राएँ

मदहोस छु आज म रंगीन यो साँझमा

तुलले घेरेको यो चार पर्खाल माझमा

मधुरो रोशणी छोपेर घुम्टो समाउन खोज्दा

सुस्तरी म चुम्न चाहान्छु तिमी पन्छिन खोज्छौ

छातीमै त्रि्रो हराउँछु आज स्वणिर्म यो साँझमा

तुलले घेरेको यो चार पर्खाल माझमा

आँधीले रोक्छ या खडेरीले छेक्छ मायाको बन्धन

आजन्म भरी दर्ुइ मुटु हाम्रो एउटै धड्कन

म हराइ रहेछु न्यानो त्रि्रो बाहुपासमा

तुलले घेरेको यो चार पर्खाल माझमा

साथीहरूले मेरो रचनाप्रति टिप्पणी गर्नुभयो, सल्लाह सुझाव दिनुभयो । अनि ती टिप्पणी सल्लाह, सुझावको लागि वहाँहरूप्रति हार्दिक आभार व्यक्त गरेँ ।

हाम्रो बहस र छलफल एक प्रहरभन्दा धेरै चलिरहेको रहेछ । अर्को भेटमा ँसाहित्यकार, पत्रकार, बुद्धिजीवी, समाजसेवी, व्यवशायीहरूसित भय र भयवादबारे अन्तरवार्ता लिएर एउटा पुस्तक निकाल्दा कस्तो हुन्छू भन्नेबारे छलफल गर्ने निधो गर्दै सबैसित आत्मीयताको विदाइ अभिवादन गर्दै बाटो लाग्यौ । बिहानको कालो वादल हटिसकेको थियो ।