कस्तो दैब लाग्यो दाजै

Author : दिलिप योन्जन
Published on : April 23, 2009


  
दिलिप योन्जन

कस्तो दैब लाग्यो दाजै,यो दुखिया माथी

हेर्दा  हेर्दै  डाँडा  काटी,  दिनै  पारी राती

बाँचु भन्दा भेटिएन हजुर,जुनि काट्ने साथी।

 

माया गरें मुटुमा  राखी, आफैं भएँ पराई

हाँसीखुसी बाँचेकै छे,चितामा मलाई जलाई

हेर्दाहेर्दै  मलाई  छाडी, अर्कै माया रोजी

बाँचु भन्दा भेटिएन हजुर,जुनि काट्ने साथी।।

 

जिबन दिए  बाचा गरी, आफै  बने स्वार्थी

ब्यार्थै किन मुटु  साटे, बाच्नु  पर्यो तडपी

हेर्दाहेर्दै निस्ठुरीको माया,भयो आकाश धर्ती

बाँचु भन्दा भेटिएन हजुर,जुनि काट्ने साथी।।।