मन Author : केदार श्रेष्ठ Published on : March 31, 2009 |
||||||
कहिले
मलाई
पहाडजस्तै गजधम्म परेर बस्न मन लाग्छ, कहिले रुख जस्तै हात हल्लाएर हावाको सुसेलीमा कम्मर मर्काई-मर्काई नाच्न मन लाग्छ, कहिले पूणिर्माको जून भएर गगनमा सधैँ चम्किरहन मन लाग्छ, गमेर सोच्छु- पहाड भएर निर्जिव हुनु कसरी, हावाको गतिमा नाच्ने रुखजस्तै अघोषित पागल हुनु म कसरी, सधैँ अर्काको भरमा चम्किरहने जून बनुँ म कसरी मन यसैमा घोत्लिरहन्छ वहस चलिरहन्छ मष्तिष्कमा टुङ्गोमा पुग्न सकेको छैन् मन् तर निर्णयको नजिक छ तारा बनेर चम्किरहने । भीमस्थान-५, सिन्धुली हाल-अनेसास यू.ए.ई.च्याप्टर |